आवश्यक परे प्रचण्डलाई प्रकाउ गर्न गृहमन्त्रीको निर्देशन

नेकपा प्रचण्ड–माधव पक्षले घोषणा गरेको आमहड्तालमा कुनै पनि किसिमको अवरोध वा तोडफोड भए जोसुकैलाई पक्राउ गरिने प्रहरीले जनाएको छ ।

आवश्यक परे प्रचण्डलाई प्रकाउ गर्न गृह मन्त्रालयबाट स्पष्ट निर्देशन प्राप्त भएको भन्दै प्रहरीले हिंसात्मक कार्य गर्ने जोसुकैलाई पक्राउ गरिने जनाएको हो ।

बन्द गराउँदै सडकमा निस्किए प्रचण्ड

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले भने, ‘उहाँहरुलाई पहिल्यै जानकारी पनि गराइसकेका छौं, तोडफोड हुने स्थिति आए नियन्त्रणमा लिन्छौं ।’

प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सिंहका अनुसार बुधबार पसल तथा व्यवसाय खुले निर्वाधरुपमा सञ्चालनका लागि प्रहरीले सुरक्षासमेत दिनेछ । कुनै पनि अवरोध, आगजनी वा अन्य कार्य नहोस् भनेर अन्य समयभन्दा बढी सुरक्षा परिचालन गरिएको समेत उनले बताए ।

प्रचण्ड-माधव समूहका सयौं नेता कार्यक्रता पक्राउ

केन्द्रीय प्रहरी प्रवक्ता वसन्त कुँवर पनि भन्छन्, ‘कानूनको कार्यान्वयन गर्ने हकमा नागरिकको मौलिक हक र स्वतन्त्रतालाई कसैले व्यवधान गर्छ र जोरजबरजस्ती, गैरकानूनी वा हिंसात्मक काम हुन्छ भने प्रहरीले कडा प्रतिक्रिया जनाउँछ ।’ त्यसका लागि उपत्यकामा महानगरीय प्रहरी कार्यालयसहित विभिन्न प्रदेश र जिल्लामा रहेका प्रहरी इकाइबाट विशेष योजना नै बनाएर सुुरक्षा प्रबन्ध मजबुत बनाइएको उनी बताउँछन् ।

आमहड्ताल अपडेट : ठाउँ ठाउँमा गाडी तोडफोड

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पाल शान्तिपूर्णबाहेकका गतिविधिलाई निषेध गर्ने गरी योजना बनाइएको बताउँछन् । ‘डर, धम्की देखाउने, जबरजस्ती रोक्ने जस्ता कार्यलाई प्रहरीले रोक्छ’, प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पालले भने ।

प्रहरी प्रधान कार्यालयका अनुसार बुधबार बिहान २ बजेदेखि नै उपत्यकामा सादा पोशाकका प्रहरी टोली निगरानीका लागि खटाइनेछ । आन्दोलन हिंसात्मक हुनखोजे परिचालनका लागि तत्काल नयाँ रणनीति अख्तियार गरिनेछ । ब्याकअपका लागि छुट्टै टोली समेत तयारी अवस्थामा रहने भनिएको छ । प्रहरी परिचालन व्यापक बनाएर हरेक कुनाकाप्चामा निगरानी राखिने केन्द्रीय प्रवक्ता कुँवर बताउँछन् ।

सडकमा निस्किए प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आम हड्तालमा सडकमा निस्किएका छन् ।

आम हड्ताल सफल बनाउन दाहाल सातदोबाटोको सडकमा निस्किएका छन् । अन्य नेता कार्यकर्ता जसरी दाहाल सडकमा झण्डा लिएर निस्किएका छन् ।

अष्टलक्ष्मी शाक्य पक्राउ

बन्दका कारण बिहानैदेखि सडकमा गाडी चलेका छैनन् । केही सार्वजनिक गाडी भने बिहानी समयमा चलेका थिए । एम्बुलेन्‍स, अस्पतालका बस, खाद्यान्‍न, दुध, औषधीका गाडी, सञ्‍चारकर्मीका सवारी साधन चलेका छन् ।

ठाउँ ठाउँमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । कतिपय ठाउँमा प्रहरी र दाहाल९नेपाल समूहको घम्साघम्सी परेको छ ।

फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुनसक्छ : प्रचण्ड

प्रचण्डले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् ।

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा प्रचण्ड सातदोबाटो चोकमा पुगेर नाराबाजी गरेका छन् ।

त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको बताए ।

सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको उनले बताए ।

बिहानैदेखि प्रहरी र प्रचण्ड-माधव समूहका कार्यकर्ताबीच घम्साघम्सी (फोटो फिचर)

‘यो लोकतन्त्र र लोकतन्त्र विरोधीको लडाइँ भएको भन्दै उनले भने, ‘यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना हामीले बुझेका छौं, सम्मान पनि गर्छौं । तर कहिले काँही यस्तो बाध्यात्मक अवस्था आउँछ । यो संविधानको रक्षाका लागि हो ।’

संसद विघटन र संवैधानिक निकायमा भएको नियुक्तिको सबैले विरोध गरेको भन्दै प्रचण्डले अब अझ सशक्त आन्दोलन हुने बताए । उनले अघि भने, ‘हाम्रो सबैसँग कुरा भइरहेको छ । सम्भवत फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुन्छ र त्यसले सबै लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातिलाई बढार्छ ।’

मुठभेडतर्फ अघि बढ्यो मुलुक

२२ माघ २०७७, बिहीवार ०९:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु