प्रचण्ड–माधवको आमहड्तालमा ओली समूहले गर्यो ट्याक्सीमा आगजनी !

नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार आयोजित आमहड्तालको क्रममा घुसपैठ भएको दाबी गरेको छ ।
सो समूहका राष्ट्रिय युवा संघका संयोजक दीपशीखाले गोंगबुमा भएको ट्याक्सीमा भएको आगजनीमा आन्दोलनकारीको संलग्नता नरहेको भन्दै घुसपैठ भएको दावी गरेका छन् ।
घुसपैठ गरेर ओली समूहले आगजनी गरेको आरोप लगाइएको छ ।
‘‘यो आयोजकका तर्फबाट गरिएको होइन । आगजनी वा तोडफोड गर्ने कुनै नीति रहेको छैन । आन्दोलनलाई अराजक देखाउने सरकारी घुसपैठको चरम नमुना ’ उनले भने ।
बिहानै अज्ञात समूहबाट गोंगबुमा ट्याक्सीमा आगजनी भएको थियो भने सो आगजनीको विषयलाई लिएर सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ।
२२ माघ २०७७, बिहीवार ०९:५९ बजे प्रकाशित