About Us

जनादेश खबर नेपाली भाषाको समाचार पोर्टल हो । यहाँ राष्ट्रिय राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरुमा केन्द्रित रहेर छिनछिनका ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञानप्रविधि, साँस्कृतिक गतिविधि, स्वास्थ्य, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु सम्प्रेसित हुन्छन् ।

सूचनाको माध्यमबाट आम नेपाली जो विश्वभर रहेका छन् सबै संगसंगै छौं । राष्ट्रिय अखण्डताको रक्षा तथा क्षेत्रीय, जातीय र धार्मिक सद्भाव संवर्ध्दनप्रति सचेत रहँदै समाचार र समाचारजन्य सामाग्री हाम्रो प्राथमिकतामा छ । अन्तरराष्ट्रिय चासो र सन्दर्भ वा घटनामुलक समाचार पनि पोष्ट हुन्छन ।

राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताको पक्षमा, समग्रमा नेपाली नागरिकको भलोका पक्षमा अहोरात्र पहरेदारी गर्न प्रतिबद्ध छौं ।

जनादेश खबर एक विशुद्ध नेपाली अनलाइन पत्रिका हो । नेपाल र नेपालीप्रति समर्पित नेपाली भाषामा विभिन्न शिर्षकहरुमा लेखिएका समाचारहरु यहाँ समावेश गरिएका छन् । यसले जनादेश अर्थात् जनताका आदेशलाई उद्घोष गर्ने एकमात्र उद्देश्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्