अष्टलक्ष्मी शाक्य पक्राउ

२२ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा प्रचण्ड माधव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको प्रहरीले नेतृ अष्ठलक्ष्मी शाक्यलाई पनि नियन्त्रणमा लिएको छ ।

कलंकीबाट नेतृ शाक्य पक्राउ परेकी हुन् ।

आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता कार्यकर्तासहित प्रहरी र सशस्त्रको समूहले शाक्यलाई नियन्त्रणमा लिएको हो ।

हड्ताल सफल बनाउन शाक्यसहितका नेता(कार्यकर्ताहरु सडकमा आएकोबेला पक्राउ परेका हुन् ।

प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ । बिहान सामाखसुसीबाट पनि केही युवा पक्राउ परेका छन् ।

२२ माघ २०७७, बिहीवार ०८:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु