भारत जाँदै बालेन, चीन जाँदै रवि

प्रधानमन्त्री बालेन शाहको प्रस्तावित भारत भ्रमण र सभापति रवि लामिछानेको सम्भावित चीन भ्रमणको विषयमा कुराकानी भएको छ ।

प्रधानमन्त्री शाहले छिट्टै भारत भ्रमण गर्ने तयारी गरिरहेका छन् भने सभापति लामिछाने केही दिनपछि चीन जाने तयारीमा छन् । सत्तारुढ दलका प्रमुख दुई नेताको फरक–फरक मुलुक भ्रमणको तयारी भइरहेका बेला कुराकानी भएको कुराकानी भएको हो ।

प्रधानमन्त्री शाहलाई भेट्न सभापति लामिछाने साँझ बालुवाटार पुगेका थिए । भेटमा सरकार र पार्टीबीच पछिल्लो समय देखिएको दूरी, राजनीतिक नियुक्ति, मन्त्रीहरूको भूमिका तथा सरकारका आगामी कदमबारे समेत छलफल भएको  छ ।

प्रधानमन्त्री शाहले केही दिनअघि सामाजिक सञ्जालमार्फत आफू विभिन्न चुनौतीसँग ‘एक्लै’ लड्नुपरेको आशयको अभिव्यक्ति दिएपछि रास्वपाभित्र असन्तुष्टि बढेको थियो । उक्त अभिव्यक्तिलाई लिएर पार्टी नेतृत्वले प्रधानमन्त्रीसँग असन्तुष्टि जनाउँदै आएको थियो ।

भेटमा राजदूतहरूको छनोट, केही उच्च तहका राजनीतिक नियुक्ति तथा सरकारमा रहेका मन्त्रीहरूको भूमिकाबारे पनि छलफल भएको थियो । पार्टीले सरकारबाट अपेक्षा गरेका विषय र प्रधानमन्त्रीले अघि बढाउन खोजेका सम्भावित कदमबारे समेत दुई नेताबीच कुराकानी भएको छ ।

भेटमा पार्टीका तर्फबाट सरकारसँग राखिएका अपेक्षा तथा आगामी राजनीतिक–कूटनीतिक गतिविधिबारे पनि छलफल भएको छ ।

२४ साउन २०८३, आइतवार २३:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु