प्रचण्ड-माधव समूहका सयौं नेता कार्यक्रता पक्राउ

२२ माघ, काठमाडौं । प्रचण्ड-माधव नेपाल समूहले घोषणा गरेको आमहड्तालमा सडकमा निस्किएका सयौं नेता, कार्यकर्ता पक्राउ परेका छन् । निर्वादरुपमा हिँड्न अवरोध गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालका अनुसार काठमाडौंबाट ७६ जनालाई पक्राउ गरी नजिकैको प्रहरी कार्यालयमा राखिएको छ । डर, धम्की देखाउने र जबरजस्ती रोक्ने कार्यलाई निषेध गरिएको पालले बताए ।

गृह मन्त्रालयले बुधबारै सूचना जारी गरेर सडकमा कुनै पनि किसिमको अवरोध वा तोडफोड भए जोसुकैलाई पक्राउ गर्ने भनेको थियो । सोही अनुरुप प्रहरीले बिहान २ बजेदेखि नै उपत्यकामा सादा पोशाकका प्रहरी टोली खटाएर निगरानी गरेको छ ।

२२ माघ २०७७, बिहीवार ०९:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु