बन्द गराउँदै सडकमा निस्किए प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आम हड्तालमा सडकमा निस्किएका छन् । आम हड्ताल सफल बनाउन दाहाल सातदोबाटोको सडकमा निस्किएका छन् । अन्य नेता कार्यकर्ता जसरी दाहाल सडकमा झण्डा लिएर निस्किएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा आफुखुशी नियुक्ती र शपथग्रहण गराएको भन्दै दाहाल – नेपाल समूहले बिहीबार आम हड्ताल गरेको हो ।

बन्दका कारण बिहानैदेखि सडकमा गाडी चलेका छैनन् । केही सार्वजनिक गाडी भने बिहानी समयमा चलेका थिए । एम्बुलेन्‍स, अस्पतालका बस, खाद्यान्‍न, दुध, औषधीका गाडी, सञ्‍चारकर्मीका सवारी साधन चलेका छन् ।

ठाउँ ठाउँमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । कतिपय ठाउँमा प्रहरी र दाहाल – नेपाल समूहको घम्साघम्सी परेको छ ।

२२ माघ २०७७, बिहीवार ०९:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु