ओलीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी, हस्ताक्षर संकलन सुरु

यस्तो छ प्रचण्ड-नेपाल पक्षको योजना

 

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अविश्वास प्रस्ताव संसदीय दलमा दर्ता गर्ने तयारी गरिरहेको सूचना प्राप्त भएको ओली निकट एक नेताले बताएका छन्।

पार्टी निर्णयविपरीत काम गरेको र सरकारसमेत बदनाम गराउन लागेको भन्दै ओलीविरुद्धको अविश्वासको प्रस्तावमा गोप्यरुपमा हस्ताक्षर गर्ने काम भइरहेको ती नेताको भनाइ छ।

ती नेताले ओलीविरुद्धको अविश्वासको प्रस्ताव पार्टी संसदीय दलमा असफल भएमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग मिलेर त्यो संसदमै दर्ता गर्नका लागि हस्ताक्षर संकलन भइरहेको सूचना आफूहरुलाई प्राप्त भएको बताए।

पोखरेललाई थप शक्तिशाली बनाउँदै प्रधानमन्त्री ओली

उनले बिहीबार भने, ‘विवाद समाधानको साटो ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको सूचना हामीलाई प्राप्त भएको छ तर अहिले नै आधिकारिकरुपमा भन्ने अवस्था भने आएको छैन। हामीले यसलाई सुक्ष्म रुपमा अध्ययन थालेका छौँ।’

खासगरी ओलीले गत भदौ २५ गते स्थायी कमिटी बैठकले गरेका निर्णयहरु उल्लंघन गरेको, कोरोना महामारी नियन्त्रण गर्न नसकेको र राष्ट्रियतामाथि आघात पुग्ने गरेर विदेशी जासुसी संस्थाका प्रमुखलाई भेटेको लगायत थुप्रै कारणले उनीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता तयारी भएको बुझिएको छ।

सरकार दशैं पछि ढल्न सक्छ : माधव नेपाल

पार्टीमा कुनै पनि सल्लाह नगरी ओलीले दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि गत वैशाख १७ गते ओली र प्रचण्ड-नेपाल समूहले संंसदीय दलमा बहुमत देखाउन हस्ताक्षर गरेका थिए।

नेकपा केन्द्रीय कमिटी बैठक अनिश्चित

तर त्यतिबेला ओली पराजित भई प्रचण्ड-नेपालसँग सहमति गर्न बाध्य भएका थिए।

आफूसँग लामो समय ‘इगो’ साधेर बसेको भन्दै प्रचण्डलाई फकाउन ओलीले प्रदेशबाट झिकाएका मुख्यमन्त्री शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत नेताहरु र ओलीका सल्लाहकारहरुबीच बिहीबार भएको आन्तरिक समीक्षामा पनि यो विषयबारे चर्चा भएको थियो।

समीक्षामा सामेल एक नेताले भने, ‘ओलीबिरुद्ध फेरि अर्को रडाको मच्चाउने तयारी भइरहेको मैले सुनेको छु। केही सिप नलागे कांग्रेससँग मिलेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी प्रचण्ड-नेपाल पक्षले गरेको बुझिएको छ। एक जना मात्रै सांसद बढी भएमा उनीहरु अविश्वासको प्रस्तावतर्फ जाने योजना बनाएको बुझिएको छ।’

अब सरकार परिवर्तन हुन्छ : वामदेव गौतम

संविधानको धारा १०० को उपधारा ९४० बमोजिम प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरूमध्ये एक चौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखितरूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्नेछन्। तर, प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म प्रधानमन्त्रीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नपाउने संवैधानिक व्यवस्था छ।

यस्तै एकपटक राखेको प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव असफल भएको एक वर्षभित्र अविश्वासको प्रस्ताव पेश गर्न नसकिने संवैधानिक प्रावधान छ ।

नेकपाका नेताहरु भन्छन- मंसिर अन्तिममा सरकार परिवर्तन हुन्छ

ती नेताले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीले भेटेको भन्दै आलोचना गर्नेहरुमध्ये केही नेताहरुले पनि गोयललाई भेटेको हुनसक्ने बताए।

उनले भने,‘रअ प्रमुख नेपाल आएका दिन अपरान्ह साढे चार साढे ६ बजेसम्म माधवकुमार नेपाल, वामदेव गौतम, भीम रावल, जनार्दशन शर्मा, सुरेन्द्र पाण्डेलगायतले राजधानीको एक होटलमा छलफल गरिरहेका थिए जहाँ रअ प्रमुख रहेको हामीलाई आशंका छ।’

ओली र गोयलबीच यही कात्तिक पाँच गते राति बालुवाटारमा करिब २ घण्टा भेट भएको थियो।

नेकपा जुनसुकै बेला फुट्न सक्छ : प्रधानमन्त्री ओलीको संकेत

 

१३ कात्तिक २०७७, बिहीवार २१:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु