नेकपाका नेताहरु भन्छन- मंसिर अन्तिममा सरकार परिवर्तन हुन्छ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा देखिएको पछिल्लो विवाद अब तत्काल मत्थर हुने संकेत देखिँदैन । पछिल्लो समय विभिन्न जिल्लामा नेकपाका फरक फरक गुटबीच बढ्दे असन्तुष्टि र झडपका समाचार बाहिर आइरहेका छन् ।

यहीबीच विभिन्न प्रदेशमा पनि नेकपाको बदलिँदो समीकरण नेकपा एकता जोगाउन समस्याग्रस्त हुने देखिएको छ ।

यसको सुरुवात भएको थियो, कर्णाली प्रदेशबाट । कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले अब कुन रुप लिन्छ भन्ने हेर्न बाँकी नै छ । यो विवाद सेलाउन नपाउँदै बागमती प्रदेशमा पनि मुख्यमन्त्री डोरमणिविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी नेकपाका केही नेताहरुले गरेका छन् ।

यही बीचमा अर्का हल्ल चलेको छ– सरकार परिवर्तन । नेकपाका नेताहरु अनौपचारिक भेटघाटमा ‘मंसिर अन्तिममा सरकार परिवर्तन हुन्छ’ भन्न थालेका छन् । त्यसो भए पार्टी फुट्ने आंकलन कतिपयको छ ।
तर, मंसिर अन्तिममा सरकार परिवर्तन हुने भनेर सामाजिक सञ्जालमा नेकपाकै कतिपय नेता तथा कार्यक्रतहरुले आफ्ना अभिव्यक्ति सार्वजनिक गर्न थालेका छन् ।

११ कात्तिक २०७७, मंगलवार १८:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु