काठमाडौँका सिडिओ दाहाललाई कोरोना संक्रमण पुष्टि
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ।
टाउको दुखेपछि पिसिआर परीक्षण गर्दा बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको हो।
दाहालले आफू र श्रीमतीलाई कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बसेको जानकारी गृह मन्त्रालयलाई गराएका छन्।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले दाहाललाई कोरोना संक्रमण देखिएको जानकारी गराएका छन्।
१३ कात्तिक २०७७, बिहीवार २२:०३ बजे प्रकाशित





