ओलीलाई नै राष्ट्रपति बन्न प्रचण्डको प्रस्ताव
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नै राष्ट्रपति बन्न प्रस्ताव समेत गरेका छन्।
पटक–पटक भएका कुराकानीमा समेत राष्ट्रपति उम्मेदवारबारे सहमति जुट्न नसकेपछि प्रचण्डले ओलीलाई नै राष्ट्रपति बन्न प्रस्ताव समेत गरेका हुन्।
गठबन्धनमा अविश्वास बढेपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको कांग्रेस हौसिएको छ । कांग्रेसले आफूले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्ने दाबी गर्दै आइरहेको छ ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिमा माओवादीले आफ्नो उम्मेदवारलाई सघाउने र त्यसको बदलामा ‘प्रचण्ड’ पाँचै वर्ष प्रधानमन्त्री दिने बताइसकेका छन् ।
प्रचण्ड र ओलीबीच बिहीबार पनि भेटवार्ता भएको थियो । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान राखेपछि गठबन्धनमा अविश्वासका बढ्दै गइरहेको छ । तर, एमाले अध्यक्ष ओलीले भने पुस १० को सहमतिअनुसार आफ्नो पार्टीले पाउनुपर्ने अडानमा छन् ।
राष्ट्रपतिको चुनावका लागि मनोनयन मिति नजिकिँदै गर्दा ओली र प्रचण्डबीच भेटघाट बाक्लिएको छ ।
७ फागुन २०७९, आइतवार १२:०४ बजे प्रकाशित