ओलीले बोली फेरे, नयाँ मन्त्रीमा प्रचण्डको जोड नचल्ने संकेत

सबै आफूले भनेकै व्यक्ति मन्त्री हुनुपर्ने अडान

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँमा मन्त्रीमा बोली फेरेका छन् ।

प्रधानमन्त्री ओलीले रिक्त रहेका तीन वटा मन्त्रालयमा तत्काल नयाँ मन्त्री लैजाने र दशैं पछि मात्रै अन्य मन्त्रीका विषयमा सोच्ने भनेको सार्वजनिक भएको थियो ।

तर, नेकपाका अध्यक्ष अध्यक्ष पुष्टकमल दाहाल ‘प्रचण्ड’ निकट स्रोतका अनुसार ओलीले शनिवारको भेटमा कुरा फेरेका छन् ।

ओली- प्रचण्ड भेट सकियो, नयाँ मन्त्रीको सपथमा कुरा मिलेन

‘उहाँ (ओली)ले सुरुमा तीनजना थप्ने भन्नुभयो । सोही अनुसार नयाँ को को जाने भनेर पनि छलफल भयो । अहिले आएर सबैजना आफूले भनेकै व्यक्ति मन्त्री हुनुपर्ने अडान राख्नुभयो’ ती नेताले भने ।

ओली र ‘प्रचण्ड’बीचको शनिवार वालुवाटारमा भेट भएको हो ।

पछिल्लो समय मन्त्रिमण्डल पुनर्गठनको विषयमा अध्यक्षद्वयबीच सहमति हुन सकेको छैन ।

नयाँ ३ मन्त्रीको सपथको तयारी

शनिवारको भेटमा ओलीले सबैजना आफूले भनेकै व्यक्ति मन्त्री हुनुपर्ने अडान राखेका छन् ।

प्रचण्डले भने स्थायी कमिटी बैठकको निर्णयका आधारमा पुरै टिम हटाएर नयाँ टोली पठाउनु पर्ने बताउदै आएका छन् । अध्यक्षद्वयबीचका पटक पटकका भेटवार्तामा सहमति भने हुन सकेको छैन ।

बामदेव र नाराणकाजीलाई तत्काल मन्त्री नबनाउने निर्णय

बामदेव र नाराणकाजी तत्काल मन्त्री नबन्ने

यी हुन प्रचण्डले ओलीलाई दिएका ८ नयाँ मन्त्री

२४ असोज २०७७, शनिवार १५:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु