ओली- प्रचण्ड भेट सकियो, नयाँ मन्त्रीको सपथमा कुरा मिलेन

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको शनिवारको भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिमण्डल पुनर्गठनलगायतका विषयमा छलफल भएको जनाइएको छ ।

पछिल्लो समय मन्त्रिमण्डल पुनर्गठनको विषयमा अध्यक्षद्वयबीच सहमति हुन सकेको छैन । ओलीले सुरुमा तीनजना थप्ने अडान राखेका थिए भने अहिले सबैजना आफूले भनेकै व्यक्ति मन्त्री हुनुपर्ने अडान राखेका छन् ।

प्रचण्डले भने स्थायी कमिटी बैठकको निर्णयका आधारमा पुरै टिम हटाएर नयाँ टोली पठाउनु पर्ने बताउदै आएका छन् । अध्यक्षद्वयबीचका पटक पटकका भेटवार्तामा सहमति भने हुन सकेको छैन ।

२४ असोज २०७७, शनिवार १५:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु