ओलीको संगतमा प्रचण्ड धुरुधुरु रोइ बसिरहेका छन : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादीका नेता डाक्टर बाबुराम भट्टराईले केपी शर्मा ओलीसँगको संगतले प्रचण्ड धुरुधुरु रोएर बसिरहेको बताएका छन् ।

‘‘प्रचण्डजी केपी ओलीको पछि लागेर त जानु भयो तर अहिले धुरुधुरु रोएर बस्नु भएको छ’, भट्टराईले भने, ‘तपाईँहरु नपत्याउनु होला, बढि कुरा गर्‍यो नभन्नु होला। मलाई सबै थाहा छ, प्रचण्डजीसँग अहिले पनि मेरो अत्यन्त राम्रो सम्बन्ध छ ।’

पालुङ्टार नगरपालिका–६ पौवाटारमा आयोजित राजनीतिक कार्यक्रममा बोल्दै नेता भट्टराइले अगाडि भने, ‘प्रचण्डजी ओलीको फेला पर्नुभयो। ओलीले पछारेको पछारै छन्।’

प्रधानमन्त्री ओली गणतन्त्र र संघीयताका विरोधी हुन् भन्ने थाहा हुँदा हुँदै एक्ता गरेर प्रचण्डले गल्ती गरेको उनको भनाई छ । प्रचण्डले आफसँग विलौना गर्ने गरेको पनि भट्टराइ बताउँछन् । ‘आली कम्युनिष्ट होइनन् भन्ने पनि थाहा थियो। लौ डुबियो, बर्बाद भयो कमरेड भनेर प्रचण्डजी सँधै बिलौना गर्नुहुन्छ’ भट्टराईले भने ।

२४ असोज २०७७, शनिवार १४:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु