बामदेव र नाराणकाजीलाई तत्काल मन्त्री नबनाउने निर्णय

प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका तीन मन्त्रालयमा एक दुई दिनमै मन्त्री नियुक्ति गर्ने तयारी थालेका छन्।

तर, नेकपा उपाध्यक्ष बामदेव गौत्तम र नाराणकाजी श्रेष्ठलाई तत्काल मन्त्री नबनाउने निर्णय भएको छ । कारण– वामदेव विरुद्धको मुद्धा अदालतमा छ ।

प्रधानमन्त्री ओलीले यसलाई तत्कालको आवश्यकताअनुसारको पुनर्गठन भन्दै समग्र पुनर्गठन भने तिहारलगत्तै गर्ने कार्यकारी अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेका थिए।

सो प्रस्तावमा पहिले सहमत नभएका प्रचण्ड पछिल्ला दिनका बिभिन्न परिस्थितिलाई मध्यनजर गरी सोहिअनुसार समाधान गर्दै अघि बढ्न तयार भएको स्रोतको भनाइ छ।

केहि दिनयता कोरोना महामारी तिब्ररुपमा बढ्दा परिस्थिति जटिल बन्दै गएको, नेताहरुबीच सघन भेटघाट परामर्श गर्न सहज नभएको, अदालतमा वामदेव गौतमको मुद्दा लम्बिएको आदि कारणले गर्दा तत्काल समग्र पुनगर्ठन गर्न संभव नभएको हो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउने विषय पनि अदालतले गौतमको मुद्दामा दिने व्याख्यासँग जोडिएको हुँदा सो विषय टुंगो लाग्न केहि दिन लाग्ने निश्चित छ।

यसअघि तीन मन्त्री नियुक्ति गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावमा प्रचण्डले किस्ता किस्तामा गर्नुको साटो समग्र पुनर्गठन गर्नेमै जोड दिइरहेका थिए।

तर सोमबार प्रधानमन्त्री ओलीले लामो समय मन्त्रालय मन्त्रीविहीन रहेको भन्दै रिक्त मन्त्रालयमा तत्काल नियुक्त गर्नुपर्ने कुरा दोहोर्‍याएका थिए।

प्रचण्डले पार्टीमा छलफल नगरी गरिने मन्त्री नियुक्तिमा आफ्नो सहमति नहुने भनेपछि ओलीले प्रधानमन्त्रीको अधिकारमा हस्तक्षेप नगर्न समेत आग्रह गरेका थिए।

२२ असोज २०७७, बिहीवार १८:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु