सशर्त अनशन तोड्न डा. गोविन्द केसी तयार

अनशनरत प्रा डा गोविन्द केसी सशर्त अनसन तोड्न तयार भएका छन् । डा. गोविन्द केसी तयार का मागका सम्बन्धमा सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच भएको वार्तामा यस्तो संकेत सहितको संदेश केसीले पठाएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहीबार भएको पहिलो चरणको वार्ता सकारात्मक देखिएको नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले जानकारी दिए । डा. केसीले राखेको मागको बुदाँगत रुपमा छलफल भएको र साँझ दुवै पक्षले मस्यौदा तयार गरेपछि बैठक पुन बस्ने उनले बताए ।
डा केसीले चिकित्सा शिक्षा सुधारका विषयमा ६ बुँदे माग प्रस्तुत गरेका छन् । डा। केसीले राखेको मागका बिषयमा केन्द्रित भएर छलफल भएको र सहमति खोज्ने प्रयासका साथ पुन वार्तामा बस्ने अध्यक्ष कार्कीले बताए ।
डा केसीसँग वार्ता गर्न सरकारले बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी टोलीमा सहसचिव जीवराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा। दिलीप शर्मा सहभागी छन् ।
सरकारले टोली गठन गरेलगत्तै केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा वार्ताटोली गठन गरिएको थियो । उक्त टोलीमा डा अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल र नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा। कार्की छन् ।
चिकित्सा शिक्षा सेवा सुधारका लागि भन्दै डा। केसीले भदौ २९ गते जुम्लाबाट अनशन शुरु गरेका थिए । १९औं पटक अनसन बसेको आज २५औं दिन हो ।
२२ असोज २०७७, बिहीवार १८:३६ बजे प्रकाशित