पूर्व एमालेबाट मन्त्री बन्नेको लिस्ट तयार

स्रोतका अनुसार पूर्वएमालेका तर्फबाट महासचिव विष्णु पौडेल, उपाध्यक्ष बामदेव गौतमकी पत्नी तुल्सा थापा, भीम रावल, सुरेन्द्र पाण्डेलगायतलाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको छ ।

सहरी विकास मन्त्री नबन्ने घोषणा गरेका पाण्डेलाई उपप्रधानसहित मन्त्री बनाउने विषयमा छलफल चलिरहेको छ ।

ओली-प्रचण्ड वार्ता सकियो, नंया मन्त्रीलाई सपथ खुवाउने संभावना

एक दुई दिनमा सहमति नभएमा तत्कालका लागि प्रधानमन्त्री केपी शर्मा  ओलीले तीनजना खाली ठाउँमा मन्त्री बनाएर दसैँ, तिहारपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने बालुवाटार निकट स्रोतको दावी छ ।

ओलीले पहिलो चरणमा कृषिमन्त्री घनश्याम भुषाल र शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई जसरी पनि हटाउने बताउँदै आएका छन् ।

पूर्व एमालेबाट मन्त्री बन्नेको लिस्ट तयार

यसैबीच नेकपाभित्रको विवाद फेरि बल्झिने संकेत देखिएको भन्दै पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले वरिष्ठ नेता माधव कुमार नेपाल, स्थायी कमिटी सदस्यद्वय रावल र पाण्डेसँग हिजो आफ्नो निवासमा छलफल गरेका छन् ।

बामदेव र नाराणकाजी तत्काल मन्त्री नबन्ने

 

२२ असोज २०७७, बिहीवार १८:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु