मन्त्रिपरिषदको बैठक सकियो, नेपाल एयरलाइन्सको महाप्रवन्धकमा पौडेल नियुक्त

मन्त्रिपरिषद‍‍्को बैठक सकिएको छ ।

प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को महाप्रवन्धकमा डिमप्रकाश पौडेल (प्रकाश)लाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो ।

उनी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता हुन् । उनी पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तत्कालीन एमालेको प्रचार विभाग प्रमुख भएका बेला पौडेल सदस्य थिए ।

यस्तै लुम्बिनी विकास कोषका सदस्य सचिव समेत नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

 

यी हुन प्रचण्डले ओलीलाई दिएका ८ नयाँ मन्त्री

पूर्व एमालेबाट मन्त्री बन्नेको लिस्ट तयार

बामदेव र नाराणकाजीलाई तत्काल मन्त्री नबनाउने निर्णय

सशर्त अनशन तोड्न डा. गोविन्द केसी तयार

 

२२ असोज २०७७, बिहीवार १८:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु