नयाँ बन्ने ३ मन्त्रीको नाम सार्वजनिक, शक्तिशाली मन्त्रालय दिँइदै

रिक्त तीन मन्त्रालयमा नयाँ मन्त्री थप्ने बालुवाटारको प्रस्तावलाई मूर्त रूप दिइने भएको छ । सचिवालयमा प्रस्ताव नै नल्याई दुई जना अध्यक्षको सहमतिमा तीन जना मन्त्री थपिने सम्भावना बढेको हो ।
उच्च स्रोतका अनुसार नयाँ मन्त्री बन्ने सूचीमा पूर्व एमालेतर्फबाट महासचिव विष्णु पौडेल,र सुरेन्द्र पाण्डेको नाम चर्चामा छ ।
सम्भवतः अर्थ मन्त्रीमा पौडेल, सहरी विकास मन्त्रीमा पाण्डे र सञ्चार मन्त्रीमा जनार्दन शर्माको नाम पक्कापक्की देखिएको छ ।
सञ्चारप्रति सँधै अरुचि देखाएका शर्माले पार्टीभित्र उत्पन्न पछिल्लो असहज अवस्थामा सँगै खटिएका पौडेललाई अर्थ मन्त्रालय दिँदा आफूलाई कम्तिमा गृह हुनुपर्ने भन्दै चर्को लबिङ्ग शुरु गरेको बताइन्छ ।
शहरी विकास मन्त्रीमा प्रस्तावित नेकपा नेता सुरेन्द्र पाण्डेले भने आफ्नो रुचिबेगरको मन्त्रालय नस्वीकार्ने जानकारी अध्यक्षद्वयलाई दिएका छन् । यसले गर्दा अर्थमा बिष्णु र अर्को कुनै मन्त्रालयमा जनार्दनको नियुक्ति हुने सम्भावना प्रवल छ ।
पार्टी एकीकरणदेखि दुई नेतावीच अनेक सम्झौताका साक्षी रुरु रुपन्देही र रुकुमे बिष्णु र जनार्दनले थपिने क्याबिनेटमा पूर्व एमाले र माओवादीको प्रतिनिधित्व गर्नेछन् ।
बिष्णुको अर्थमन्त्रीमा नियुक्तिले पाँच नम्बर प्रदेशको राजधानी बुटवलबाट दाङ्ग सरेकोमा उत्पन्न आक्रोशलाई केही मत्थर पार्ने नेताहरुको हिसाबकिताब रहेको श्रोत बताउँछ ।
२२ असोज २०७७, बिहीवार १९:२१ बजे प्रकाशित