नेकपा एमाले ब्युँताउने ओलीको तयारी !

पूर्व एमालेहरुलाई एक बनाउने विषयमा वालुवाटारमा छलफल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेताहरुसँग छलफल गरेका छन् ।

पार्टीभित्र आफूविरुद्ध घेराबन्दी भैरहेको अवस्थामा अब कसरी अघि बढ्ने भनेर ओलीले आफूनिकट नेताहरुसँग आन्तरिक छलफल तथा परामर्श गरेका हुन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल, र प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूविरुद्ध लगातार मोर्चाबन्दी गरेको र पार्टी एकता नचाहेको ओलीको आरोप छ ।

उनले अब आफू कडा कदम चाल्ने निश्कर्षमा पुगेको सुनाउँदै साथ दिन आफूनिकट नेताहरुलाई आग्रह गरेको बुझिएको छ । स्रोतकाअनुसार ओलीले नेकपा एमालेलाई व्यँताउनेगरि तयारी थालेका छन् ।

यसअघि ओलीमाथि एमाले पार्टी निर्वाचन आयोगमा दर्ता गर्न अग्रसरता लिएको भनेर अर्का अध्यक्ष दाहालले आरोप लगाएका थिए ।

यस्तो छ नेकपाको गणित, को कता …

त्यतिवेला दाहालले लगाएको आरोपमा कुनै सत्यता नभएको ओलीको स्पष्टोक्ति थियो । तर, सहमतिको लागि हदैसम्मको प्रयास गर्दापनि आफूविरुद्ध निरन्तर मोर्चाबन्दी गरेको भन्दै ओली रुष्ट बनेको र अब कुनैपनि वार्ताको लागि मात्रै वार्तामा नबस्ने निश्कर्ष निकालेका छन् ।

ओलीले पूर्व एमालेहरुलाई एक बनाउनेगरि अघि बढ्ने रणनीति बनाएका छन् ।

उनले एमाले पार्टी ब्युँताएर अघि बढ्ने, र दाहाल र नेपालको देशव्यापी रुपमा भण्डाफोर गर्ने योजना बुनेका छन् ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला ओलीको यस्तो रणनीति सार्वजनिक भएको हो ।

गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा बहुमत सदस्यहरुले आफ्नो राजीनामा मागेकोले ओली रुष्ट छन् । ओलीले अहिले कुनैपनि हालतमा आफूले राजीनामा नदिने अडानमात्रै लिएका छैनन्, सकेको गर्न दाहाल नेपाल समूहलाई खुल्ला चूनौति दिएका छन् ।

प्रचण्डमाथि ओलीको ‘सरप्राइज्ड अट्याक’

तर, दाहाल-नेपाल समूहले पनि बैठक राख्न सकेका छैन् ।

बरु, आफूनिकट पत्रकारहरुलाई बोलाएर ओलीको कार्यशैलीको आलोचना गर्ने काम गरेका छन् । दाहाल(नेपाल समूहको उक्त कदमबारेपनि ओली रुष्ट बनेका छन् ।

ओलीलाई दाहालनिकट नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टले साथ दिएका छन् । उनीहरुले सार्वजनिक रुपमै ओलीको बचाउ गरेका छन् ।

नेकपाभित्र पाँच गुट, को कति बलियो ?

ओलीको अनुभूति : अहिलेसम्म प्रचण्डले पार्टी फुटबाट जोगाए

एमाले दर्ता नहुँदै नेकपा माओवादी पार्टीको घोषणा

प्रचण्ड, माधव रणनीति : ओलीलाई पार्टी फुटाउन बाध्य पार्ने कि आफै फुटाउने ?

 

प्रधानमन्त्रीको राजीनामा पार्टीको एजेण्डा बनेको छैन : प्रवक्ता श्रेष्ठ

 

 

 

२४ साउन २०७७, शनिवार १५:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु