एमाले दर्ता नहुँदै नेकपा माओवादी पार्टीको घोषणा

निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्न परेको निवेदनबारे चर्चा भइरहेका बेला नेकपा माओवादी नामको पार्टी घोषण भएको छ ।
एमाले दर्ता हुँदा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग जवाफ मागेका थिर्ए । अर्थात, यो स्तरसम्म एमालृ दर्ताको निवेदनको विषयमा छलफल भएको छ ।
यहि बेला पूर्वमाओवादी केन्द्रका सचिवालय सदस्य जुनेल जिसीको नेतृत्वमा ३१ सदस्यीय नेकपा माओवादी पार्टी केन्द्रीय कमिटी निर्माणको घोषणा भएको छ ।
रफत सञ्चार क्लब भक्तपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी जनयुद्ध र जनभावनाको मुद्दा सत्तारुढ दल नेकपाले बोक्न नसकेको भन्दै नेकपा माओवादी पुनर्गठन भएको घोषणा गरिएको हो ।
पुष्पकमल दाहालको नेतृत्वमा जनयुद्धदेखि नै नेकपा माओवादी, माओवादी केन्द्र हुँदै नेकपामा आइपुग्दा पनि पार्टी सत्ताको वरिपरि मात्रै घुमेको, देशको समृद्धि, विकास, राजनीतिक निकास नेकपाबाट नहुने आरोप लगाउँदै उनले तत्कालीन नेकपा ९माओवादी० मा रहेर काम गरेका नेता तथा कार्यकर्ता सङ्गठित भई पुरानो पार्टीलाई ब्युझाउनु परेको भनाइ राखे ।
पत्रकार सम्मेलनमा नवगठित नेकपा माओवादीका उपाध्यक्ष एवं प्रवक्ता डेनिस सिंहले आर्थिक सामाजिक रुपान्तरण र सर्वाहारा वर्गको मागलाई नेकपाले उपेक्षा गरेपछि आफूहरुले नेकपा माओवादी घोषणा गर्न बाध्य भएको बताए ।
उता एमाले पार्टी दर्ताको निवेदन दिनेहरु पूर्व एमालेकै नेताहरु छन् ।
झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि निवेदन परेको छ ।
नेकपामा विवाद भइरहेका बेला पूर्व पार्टीमा रहेका नेताहरुले पूर्व पार्टीहरुको नामा पार्टी घोषणा र निवेदन दिनुलाई अर्थपूर्ण रुपमा समेत कतिपयले हेरेका छन् । तर, शीर्ष नेताहरुले त्यसको नेकपासँग अब कुनै सम्बन्ध नरहने भनेर प्रतिक्रिया दिने गरेका छन् ।
२० साउन २०७७, मंगलवार २२:१८ बजे प्रकाशित