खिमलाल देवकोटा बिजयी, बादल कडा मतान्तरले पराजित

प्रदेश सभाका ४ सदस्य र पालिका प्रमुख र उपप्रमुख ५ जना अनुपस्थित

राष्ट्रियसभा सदस्यमा कांग्रेस,माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् ।

एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी भएका हुन् ।

खिमलाल र बादलले कहाँबाट कति मत पाए ? (मतपरिणाम)

देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुन् । एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको हो ।

वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए ।

स्थानीय तर्फ : खिमलालको २३०४ मतभार, बादलको १८५४

त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए ।

मतगणना चलिरहदा मतगणना स्थल छोडेर हिडे बादल

यी हुन राष्ट्रियसभा उपनिर्वाचनमा उपस्थित नहुने ९ जना

एमाले स्थायी कमिटी बैठक : बादललाई पार्टीभित्रैबाट अन्तरघात भएको निष्कर्ष

 

 

६ जेठ २०७८, बिहीवार १७:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु