मतगणना चलिरहदा मतगणना स्थल छोडेर हिडे बादल

मतगणना चलिरहदा राम बहादुर थापा बादल मतगणना स्थल छोडेर हिडेका छन् ।

बागमति प्रदेशमा सम्पन्न राष्ट्रियसभा उपनिर्वाचनमा ३३८ मत खसेको छ । ९ जना अनुपस्थित रहे ।

४ जना प्रदेश सभा सदस्य अनुपस्थित भएक छन् । जसमा तीन जना बिबेकसिल र एक जना माओवादी केन्द्रका प्रदेशसभा सदस्य छन् । ५ जना गाउपालिका प्रतिनिधि अनुपस्थित रहे ।

मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ, विवेकशील साझा पार्टीका ३ जनाले मतदान बहिस्कार गर्ने घोषणा गरेका थिए ।

निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ ।

६ जेठ २०७८, बिहीवार १६:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु