खिमलाल र बादलले कहाँबाट कति मत पाए ? (मतपरिणाम)

राष्ट्रियसभा सदस्यमा कांग्रेस,माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् ।

एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी भएका हुन् ।

देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुन् । एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको हो ।

वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए ।

त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए ।

६ जेठ २०७८, बिहीवार १७:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु