प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव लानेबारे प्रचण्ड-माधव पक्षबीच छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लानेबारे नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले एकलौटी रुपमा मन्त्रिपरिषद पुर्नगठन गरेको भन्दै प्रचण्ड र माधव नेपाल पक्ष्ँबीच अनौपचारिक छलफल सुरु भएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री ओली २०७४ फागुन ३ मा प्रधानमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १०० मा सरकार गठन भएको दुई वर्षपछि मात्र अविश्वास प्रस्ताव पेस गर्न पाइने व्यवस्था छ ।

अविश्वासको प्रस्ताव दर्ता गर्न संसद्को एक चौथाइ अर्थात् ६९ सांसद चाहिन्छ । एक पटक अविश्वासको प्रस्ताव पेस गरेपछि अर्को एक वर्षसम्म फेरि अविश्वासको प्रस्ताव ल्याउन नपाइने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्रीको मनपरीले सीमा नाघ्न थाल्यो : माधव नेपाल

मन्त्रिपरिषद पुर्नगठनका प्रचण्डको असन्तुष्टी

प्रधानमन्त्रीलाई वर्षमान पुनको फोन : जथाभावी गरे राजीनामा दिने चतावनी

पार्टी फुट्न सक्ने झलनाथ खनालको चेतावनी

२८ असोज २०७७, बुधवार २१:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु