प्रधानमन्त्रीलाई वर्षमान पुनको फोन : जथाभावी गरे राजीनामा दिने चतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद्को रिक्त स्थानमा एकलौटी मन्त्री नियुक्त गरेपछि ओलीकै मन्त्रिपरिषदमा सदस्यले असन्तुष्टी जनाएका छन् । उर्जामन्त्री वर्षमान पुनले साँझ प्रधानमन्त्रीलाई फोन गरेर असन्तुष्टी जनाएको स्रोतले बतायो ।

स्रोतका अनुसार पुनले प्रधानमन्त्रीलाई जथाभावी गरे मन्त्रीबाट राजीनामा दिने चेतावनी दिएका छन ।

‘दिनदिनै भेटघाट छ उहाँ ओली–प्रचण्डहरुको । सल्लाहमै भएको होला । फेरि यो रिक्त स्थानलाई व्यवस्थापन मात्रै गरिएको हो‘, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने– ‘यो पुर्नगठन नभएकाले खासै फरक पर्दैन ।‘

बुधबार जिम्मेवारी बाँडफाँड अनुसार अहिलेसम्म रक्षामन्त्री रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मा दिइएको छ । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफैसँग राखेका छन् ।

उपप्रधानमन्त्री पोखरेलको कार्यशैलीप्रति यसअघि नेपाली सेनाले गुनासो र केही विवाद देखिएको थियो । कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिएर महिला मन्त्रालयको नेतृत्व गरेका पार्वत गुरुङगलाई सञ्चार मन्त्रीको जिम्मेवारी दिइएको छ ।

बुधबारको मन्त्रिपरिषद पुर्नगठनप्रति अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधिप्रति असहमति जनाएका छन् ।

अध्यक्ष प्रचण्डले समग्रमा पुर्नगठन गर्नुपर्ने पटक-पटक प्रधानमन्त्री ओलीलाई सुझाउँदा समेत एकलौटी रिक्त स्थानमा नियुक्ति र जिम्मेवारी फाँडफाँड गरिएको हो ।

दैनिक भेटघाट भइरहे पनि प्रचण्डले सचिवालय, स्थायी कमिटीको मर्मअनुरुप जान प्रधानमन्त्री ओलीलाई सुझाएका थिए । कार्यकारी अध्यक्ष प्रचण्डको सुझावलाई मनन् नगरी प्रधानमन्त्री ओलीले आफ्ना गुटका तीन जनालाई मन्त्रिपरिषद्मा सामेल गरेका छन् ।

२८ असोज २०७७, बुधवार २०:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु