मन्त्रिपरिषद पुर्नगठनका प्रचण्डको असन्तुष्टी

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद्को रिक्त स्थानमा एकलौटी मन्त्री नियुक्त गरेपछि अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधिप्रति असहमति जनाएका छन् ।

अध्यक्ष प्रचण्डले समग्रमा पुर्नगठन गर्नुपर्ने पटक-पटक प्रधानमन्त्री ओलीलाई सुझाउँदा समेत एकलौटी रिक्त स्थानमा नियुक्ति र जिम्मेवारी फाँडफाँड गरिएको हो ।

दैनिक भेटघाट भइरहे पनि प्रचण्डले सचिवालय, स्थायी कमिटीको मर्मअनुरुप जान प्रधानमन्त्री ओलीलाई सुझाएका थिए । कार्यकारी अध्यक्ष प्रचण्डको सुझावलाई मनन् नगरी प्रधानमन्त्री ओलीले आफ्ना गुटका तीन जनालाई मन्त्रिपरिषद्मा सामेल गरेका छन् ।

‘क्षेत्राधिकार प्रधानमन्त्री कै हो । तर, पार्टी निर्णयलाई मानेर समग्रमा पुर्नगठन गरेर जान अध्यक्ष प्रचण्डले सुझाउनु भएको हो । प्रधानमन्त्री ओलीले एकलौटी रुपमा आफ्ना गुटका नेताहरुलाई मन्त्री बनाउनुभयो । यो विधिमा अध्यक्ष प्रचण्ड सहमति हुनुहुन्न‘, प्रचण्ड निकट स्रोतले  भन्यो ।

‘दिनदिनै भेटघाट छ उहाँ ओली–प्रचण्डहरुको । सल्लाहमै भएको होला । फेरि यो रिक्त स्थानलाई व्यवस्थापन मात्रै गरिएको हो‘, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने- ‘यो पुर्नगठन नभएकाले खासै फरक पर्दैन ।‘

बुधबार जिम्मेवारी बाँडफाँड अनुसार अहिलेसम्म रक्षामन्त्री रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मा दिइएको छ । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफैसँग राखेका छन् ।

उपप्रधानमन्त्री पोखरेलको कार्यशैलीप्रति यसअघि नेपाली सेनाले गुनासो र केही विवाद देखिएको थियो । कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिएर महिला मन्त्रालयको नेतृत्व गरेका पार्वत गुरुङगलाई सञ्चार मन्त्रीको जिम्मेवारी दिइएको छ ।

 

२८ असोज २०७७, बुधवार १८:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु