नेकपा अब प्रचण्ड एक्लैले हाक्ने, ओली मानार्थ अध्यक्ष !

ओली ढुक्कले ५ वर्ष नै प्रधानमन्त्री

नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले एक साता लगाएर तयार पारेको प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको छ ।

प्रतिवेदनले पार्टी पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउँदै अघि बढ्न सुझाव दिएको छ ।

प्रतिवेदनमा प्रधानमन्त्री ओलीको राजीनामाको माग थाती राख्दै जारी स्थायी समिति बैठक एजेण्डामा छलफल गर्ने तथा अध्यक्षको कार्यविभाजनमा केपी ओलीले पुरै कार्यकाल ५ वर्ष सरकार चलाउने र अर्का अध्यक्ष प्रचण्डले कार्यकारीसहित पार्टी सञ्चालन गर्ने उल्लेख छ ।

तर, प्रतिवेदनमा पूर्ववत् सहमति प्रधानमन्त्री ओलीले भंग गरेको निष्कर्ष निकालिएको छ ।

प्रतिवेदनमा मूलतः २०७६ मंसिर ४ को सहमतिलाई पुनर्व्याख्या गरिएको छ, कार्यकारी अध्यक्षका कामलाई प्रधानमन्त्री ओलीले हस्तक्षेप नगर्ने गरी व्याख्या गरिएको छ । कतिपय विषय गत साउन ३ मा अध्यक्षद्वयका बीचमा भएका सहमति पनि छन् ।

साउन ३ मा मंसिरमा पार्टीको अर्ली महाधिवेशन गर्ने र महाधिवेशनमा ओलीले दाहाललाई सघाउने सहमति भएको थियो । अहिले तयार भएको सहमतिको मस्यौदामा भने पार्टीको महाधिवेशन केन्द्रीय कमिटीको गत माघको बैठकले तोकेको मिति चैतमै गर्ने उल्लेख छ ।

सहमतिमै एकताको महाधिवेशन गर्ने समझदारी बनेको भए पनि पूर्वएमालेहरू मिलेर आफूलाई एक्ल्याउने वा पूर्वएमालेबाटै अध्यक्षमा उम्मेदवारी दिन्छु भनेर अप्ठ्यारोमा परिने हो कि भनेर दाहाल सशंकित थिए ।

कार्यदलका एक् सदस्यले भने, ‘बहुमतीय पद्धतिमै जाने स्थिति बनेछ भने प्रधानमन्त्री ओलीले दाहाललाई समर्थन गर्ने अनौपचारिक अन्डरस्ट्यान्डिङ छ ।’

एकता महाधिवेशनबाट सहमतिमा अध्यक्ष हुने भएपछि सरकारको बाँकी कार्यकाल प्रधानमन्त्री ओलीले नै चलाउने प्रस्ताव प्रतिवेदनमा छ ।

तर मन्त्रिपरिषद् भने पुनर्गठन हुनेछ ।

दुबईमा नेपालीहरु अलपत्र, जहाज रित्तै फर्कियो

त्यस्तै प्रतिवेदनमा राजनीतिक नियुक्ति वा सिफारिस गर्दा पार्टीको सल्लाहमा मात्रै गर्ने गरी सुझाव दिइएको छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको अन्तिम बैठकले पार्टीभित्र उठेका विभिन्न विषयवस्तुलाई मसिनो गरी छलफल गर्दै अन्तिम रुप दिएको थियो ।

गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक पार्टीभित्रको विवादका कारण साउन १८ पछि बस्न सकेको छैन ।

प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिन पर्दैन : प्रचण्ड

बैठक जारी रहेका बेला अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाललगायतले ओलीको राजीनामा मागेपछि विवाद थप चर्किन पुगेको थियो ।

सोही विवादले पार्टी नै फुटको संघारमा पुगेपछि दुई अध्यक्षबीच कार्यदल गठन गरेर त्यसको सुझावका आधारमा निकास खोज्दै सहमतिमा अघि बढ्न ओली प्रचण्ड सहमत बनेका थिए ।

नेकपा कार्यदलको निष्कर्ष- प्रदेश १ र बागमतीको मुख्यमन्त्री बदल्नुपर्छ

कार्यदल प्रतिवेदनका मुख्य अंश यस्ता छन् 

पार्टी एकताको महत्त्वलाई आत्मसात गर्ने ।

पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउने

कार्यविभाजन स्पस्ट पार्नुपर्ने

पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने ।

नेकपा कार्यदलको निष्कर्ष- प्रदेश १ र बागमतीको मुख्यमन्त्री बदल्नुपर्छ

राजनीतिक तथा संगठनात्मक रुपमा गर्नुपर्ने काम

एकताको राष्ट्रिय माहाधिवेशन चैतमा गर्ने

सरकारको काम कारवाही प्रभावकारी बनाउने

संसदीय दलको भूमिका प्रभावकारी बनाउने ।

प्रदेश र स्थानीय सरकारलाई थप प्रभावकारी बनाउने

नेपालको सीमा समस्या र समाधान सम्बोधन गर्ने

कोभिड १९ को महामारी रोकथाम, नियन्त्रण र आर्थिक पुनरुत्थान

बाढीपहिरोबाट सिर्जित समस्याको सामनाको उपाय अवलम्बन गर्ने

शान्ति प्रकृयाका बाँकी काम सम्पन्न गर्ने

एमसीसीबारे राष्ट्रिय हितमा जोड

एमसीसी पारित नगर्न नेकपा कार्यदलको सुझाव

६ भदौ २०७७, शनिवार २०:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु