संसद भवन नजिकै बानेश्वरमा स्थानीयले घेरे डाक्टर र नर्स बसेको घर

संघीय राजधानी काठमाडौंको बानेश्वरस्थित मिलनचोकका स्थानीयले डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मीलाई बस्न नदिन होस्टेल सञ्चालकलाई गाली गलौजसहित धम्की दिएका छन् ।

आज बिहान स्थानीयले होस्टेल सञ्चालकलाई गाली गलौजसहित स्वास्थ्यकर्मीलाई नराख्न धम्क्याएका हुन् ।

सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी राखेका लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टलका सञ्चालक रोहित रानालाई स्थानीयको ५०–६० जनाको टोलीले घर घेराउ गरेको रानाले जानकारी दिए ।

बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएका स्थानीयले कोरोनाको महामारीको समयमा अनुमतिविना किन स्वास्थ्यकर्मीलाई होस्टलमा राखेको भनेर उनीहरूले धम्की दिएको रानाको भनाइ छ ।

६ भदौ २०७७, शनिवार २१:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु