नेकपा कार्यदलको अन्तिम बैठक सकियो, ३७ बुँदे प्रतिवेदन तयार

सरकार सञ्चालन संयन्त्र बन्ने सम्भावना कम

नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको विवाद समाधानका लागि गठित कार्यदलको अन्तिम चरणको बैठक सकिएको छ ।

कार्यदलको अन्तिम चरणको बैठक शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।

कार्यदलले ३७ बुँदे प्रतिवेदन तयार पारेको छ । प्रतिवेदन अध्यक्षद्धय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डलाई बुझाउने तयारी छ ।

नेकपा कार्यदलको निष्कर्ष- प्रदेश १ र बागमतीको मुख्यमन्त्री बदल्नुपर्छ

अध्यक्षद्धय ओली र प्रचण्डले महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, जनार्दन शर्मा र शंकर पोखरेल सदस्य रहेको कार्यदल गठन गरेका थिए ।

३७ बुँदामा जुट्यो सहमति

कार्यदलले ३७ बुँदामा सहमति जुटाएको नेताहरुले बताएका छन् ।

कार्यदलबीच अधिकांश विषयमा समझदारी कायम भएको जनाइएको छ ।

कार्यदलमा सम्मिलित एक नेताका अनुसार ३७ बुँदामा विभिन्न समस्याको सम्बोधन गर्ने प्रयास गरिएको भए पनि खासगरी अध्यक्षद्वयलाई आफ्नो भूमिकामा शक्तिसम्पन्न बनाउने प्रस्ताव कार्यदलले गरेको छ ।

नेकपा कार्यदलको निष्कर्ष- प्रदेश १ र बागमतीको मुख्यमन्त्री बदल्नुपर्छ

यसअघि नेकपा उपाध्यक्ष वामदेव गौतमले ६ बुँदा प्रस्तुत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूरै कार्यकाल प्रधानमन्त्री बनाएर प्रचण्डलाई पार्टीको अधिकार सम्पन्न अध्यक्षको भूमिका दिन प्रस्ताव गरेका थिए ।

स्रोतका अनुसार, कार्यदलले अहिले प्रधानमन्त्री ओली र पार्टी अध्यक्षको भूमिकालाई सशक्त पार्ने गरी कार्यदलले प्रस्ताव तयार गरेको छ ।

कार्यदलको प्रस्ताव पार्टीका सचिवालय र स्थायी कमिटीबाट स्वीकृत भएमा प्रचण्ड नेकपाको शक्तिशाली अध्यक्ष हुनेछन् भने प्रधानमन्त्री ओली पार्टीको मानार्थ अध्यक्ष मात्र रहने छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका विषयमा गरिने निर्णय र नियुक्तिमा प्रधानमन्त्रीले पार्टीभित्र सल्लाह गर्नु परे पनि मामुली विषयमा उनलाई पार्टीभित्रबाट दबाब दिइने छैन ।

प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिन पर्दैन : प्रचण्ड

यसअघि दुवैको गुनासो अनावश्यक तनावले आफ्नो काममा केन्द्रित हुन नपाएको भन्ने थियो । दुवै जनाले निर्वाध ढंगले पाएको भूमिकामा काम गर्ने गरी सहमति जुटाइएको जनाइएको छ ।

दुई अध्यक्षबीचको अधिकार बाँडफाँटलाई महत्त्व दिइए पनि नेकपाभित्रको सैद्धान्तिक विवादबारे भने कार्यदलभित्र विमर्श नभएको बताइएको छ ।

संयन्त्र बन्ने सम्भावना कम

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार सञ्चालनका लागि संयन्त्र निर्माण गर्न प्रस्ताव गरेका छन् ।

तर वरिष्ठ नेता नेपालले गरेको संयन्त्र गठनको प्रस्तावबारे भने कार्यदलमा छलफल भएर अहिलेसम्म टुंगोमा नपुगेको बताइएको छ ।

नेपालले गरेको प्रस्तावबारे कार्यदलबीच छलफल भएर यो विषय समेटिने सम्भावना कम रहेको नेकपाका एक नेताले बताए ।

मन्त्री बन्न ओलीको प्रस्ताव, भीम रावलले गरे अस्वीकार

यसअघि नेता नेपालले आफ्नो नेतृत्वमा सरकार सञ्चालन संयन्त्र गठन गर्न गरेको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै इन्कार गरेका थिए।

पार्टीमा सरसल्लाहबिना सरकार सञ्चालन हुँदा समस्या आएकाले त्यसको निराकरणका लागि पार्टी वरिष्ठ नेता नेपालले संयन्त्र निर्माण गर्न प्रस्ताव गरेका थिए ।

त्यस्तो संयन्त्रको संयोजक बन्ने चाहना पनि नेपालले राखेको बताइन्छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई ठाडै इन्कार गरिदिएको स्रोतले बतायो ।

ईश्वर पोखरेल र बादललाई मन्त्रीबाट हटाउने तयारी

दुबईमा नेपालीहरु अलपत्र, जहाज रित्तै फर्कियो

६ भदौ २०७७, शनिवार ११:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु