बालुवाटारमा कोरोना : प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म कन्ट्रयाक ट्रेसिङमा परे

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राष्ट्रपति विद्यादेवी भण्डारीसम्म कन्ट्रयाक ट्रेसिङमा परेका छन् ।
प्रधानमन्त्रीका तीन सल्लाहकार, स्वकीय सचिव र ६७ सुरक्षाकर्मीमा संक्रमण पुष्टी भएपछि उनीहरु कन्ट्रयाक ट्रेसिङमा परेका हुन् ।
अब उनीहरु आइसोलेसनमा बस्नेछन् ।
नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ शुक्रबार र शनिबार १७ जना, सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको छ ।
प्रधानमन्त्रीको सुरक्षाका लागि पहिलो घेरामा खटिने सुरक्षाकर्मीहरुमा भने संक्रमण देखिएको छैन । तर केहीको रिपोर्ट आउन बाँकी छ ।
शनिबार मात्र प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।
यी हुन कोरोना संक्रमित प्रधानमन्त्री निवासका ६७ सुरक्षाकर्मी
१७ असोज २०७७, शनिवार २२:३२ बजे प्रकाशित