यी हुन कोरोना संक्रमित प्रधानमन्त्री निवासका ६७ सुरक्षाकर्मी
प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ शुक्रबार र शनिबार १७ जना, सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको छ ।
अहिलेसम्म प्रधानमन्त्रीको सुरक्षाका लागि पहिलो घेरामा खटिने सुरक्षाकर्मीहरुमा भने संक्रमण देखिएको छैन । तर केहीको रिपोर्ट आउन बाँकी छ ।
शनिबार मात्र प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।
१७ असोज २०७७, शनिवार २०:२१ बजे प्रकाशित





