उपत्यकामा ११७७ सहित देशभर २१२० संक्रमित थपिए
पछिल्लो २४ घन्टामा देशभर थप २ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो ।
काठमाडौं उपत्यकामा मात्रै ११७७ जनालाई कोरोना पुष्टि भयो ।
जसमा काठमाडौंमा १००१ भक्तपुरमा ६७ र ललितपुरमा १०९ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
१७ असोज २०७७, शनिवार १६:२९ बजे प्रकाशित





