काङ्ग्रेस नेता गगन थापालाई कोरोना संक्रमण
काङ्ग्रेस नेता तथा केन्द्रीय सदस्य गगन थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
उनको नीजि सचिवालयले फरकधारलाई बताएअनुसार थापाको कोरोना रिपोर्ट पोजेटिभ आएको शनिबार साँझ पुष्टि भएको हो ।
यसअघि नेपाली कांग्रेसका अर्का नेता अर्जुननरसिंह केसीलाई कोरोना भएको पुष्टि भइसकेको छ ।
कांग्रेसका केन्द्रीय सदस्य ३ जना र कांग्रेस केन्द्रीय कार्यालयमा काम गर्ने चार जनालाई कोरोना संक्रमण पुष्टि भएको समाचार बाहिर आएका छन् ।
स्रोतका अनुसार कांग्रेस केन्द्रीय सदस्य थप केहीलाई कोरोना संक्रमण पुष्टि भएको छ । तर, यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
१७ असोज २०७७, शनिवार २२:१४ बजे प्रकाशित




