राय लिन भारतीय दूतावास गए महन्थ ठाकुर र राजेन्द्र महतो

जनता समाजवादी पार्टी जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भारतीय दूतावास गएका छन्। ठाकुर र महतो लैनचौरस्थित भारतीय दूतावास पुगेको स्रोतले जनाएको छ।

‘दुवै नेता दूतावास जानु भएको छ भित्रै हुनुहुन्छ,’ जसपा निकट स्रोतले भन्यो।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनु एक दिनअघि दुवै नेताको भारतीय दूतावास प्रवेशलाई अर्थपूर्ण रूपमा लिइएको छ।

एकाबिहानै देउवा भेट्न महन्थ र राजेन्द्र पुगे बूढानीलकण्ठ

ठाकुर र महतोले आजै बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।

भेटवार्तामा आफूहरू विश्वासको मत नदिएर तटस्थ बस्ने दुवै नेताले प्रधानमन्त्री ओलीलाई सुनाएका थिए।

ओलीले विश्वासको मत नदिए पनि विपक्षी गठबन्धनमा नलाग्न आग्रह गरेका थिए।

देउवालाई भेटेर फर्किए महन्थ ठाकुर र राजेन्द्र महतो, डेढ घण्टा गोप्य वार्ता

त्यसअघि ठाकुर र महतोले बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए।

उनीहरूले देउवालाई पनि विश्वासको मतको पक्ष र विपक्षमा नलागेर तटस्थ बस्ने बताएका थिए।

प्रधानमन्त्री ओलीलाई भेटेर महन्थले भने- तपाईंलाई विश्वासको मत दिँदैनौं

प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने बाबुराम-उपेन्द्र पक्षको घोषणा

ओली सरकारको बिदाई गर्न सबैले योगदान गरौँ : डा. भट्टराई

२६ वैशाख २०७८, आइतवार १७:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु