देउवालाई भेटेर फर्किए महन्थ ठाकुर र राजेन्द्र महतो, डेढ घण्टा गोप्य वार्ता

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् ।

देउवालाई भेट्न ठाकुर र महतो आइतबार विहान नौ बजे देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । उनीहरु डेढ घण्टा छलफल गरेर फर्किएको जसपाका एक नेताले बताए ।

ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निरन्तरता दिने पक्षमा थिए । जसपाकै अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओलीको विकल्पमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने पक्षमा छन् । आगामी सरकारको नेतृत्वको विषयमा दुई धारमा विभाजित जसपाले कसको पक्षमा उभिने भनेर औपचारिक निर्णय गरिसकेको छैन ।

एकाबिहानै देउवा भेट्न महन्थ र राजेन्द्र पुगे बूढानीलकण्ठ

२६ वैशाख २०७८, आइतवार ११:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु