एक दुई दिन भित्रै मन्त्रिपरिषद पुनर्गठन, यी हुन् मन्त्रीमा नयाँ अनुहार

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको मन्त्रिमण्डल पुनर्गठनको तयारी भएको छ।

ओली निकट एक नेताका अनुसार पूर्वमाओवादी केन्द्र समूहबाट र ओलीले साविक एमाले घटकबाट नयाँ मन्त्रीको अनुहार पनि खोजी सकेका छन् । मापदण्डमा भने दुई अध्यक्षले गृहकार्य गरिरहेको उनको भनाइ छ । पूर्वएमालेबाट गणेशसिंह ठगुन्ना, प्रेम आले, यज्ञराज सुनुवार, लिला श्रेष्ठ, विशाल भट्टराई, विरोध खतिवडा आदिको नाम चर्चामा छ ।

पूर्व एमालेबाट नयाँ मन्त्री बन्नेहरुको नामावली तयार

पूर्वमाओवादी केन्द्रबाट, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, जनार्दन शर्मा, हरिबोल गजुरेल, पम्फा भुसाल लगायतको नाम चर्चा छ । ओलीनिकट ती नेताका अनुसार डा.युवराज खतिवडा डिफ्याक्टो, छायाअर्थमन्त्री बनिसकेपछि अर्थमन्त्रालयमा नयाँ नेतृत्व आउन सम्भावना न्यून छ । बरु अर्थराज्यमन्त्री बनाउने प्रधानमन्त्रीको चाहना छ ।

डा. खतिवडालाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेपछि अर्थमन्त्रीसरह उनको भूमिका हुन्छ । उहाँको हस्ताक्षर चल्दैन । नीति, योजना, कार्यक्रम उहाँकै लागु हुने हो,” उनी भन्छन्, डा. युवराज खतिवडा सल्लाहकारको भूमिकामा आइसकेपछि अर्थमन्त्री बन्ने चाहना पनि घटेको छ ।

एक दुई दिन भित्रै मन्त्रिपरिषद पुनर्गठन, यी हुन् मन्त्रीमा नयाँ अनुहार

एक दुई दिन भित्रै मन्त्रिपरिषद पुनर्गठन

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एक दुई दिन भित्रै मन्त्रिपरिषद पुनर्गठन हुने जानकारी दिएका छन् ।

मन्त्रिपरिषद पुनर्गठनकै विषयमा आईतबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सकारात्मक छलफल भएको उनले जानकारी दिए ।

पुर्व एमालेबाट ७ र माओबादी बाट ५ जना गरि तयार भयो मन्त्रिहरुको लिस्ट

पुनर्गठनको मोडालिटिबारे अध्यक्षद्वयबीच लगभग सहमति बनेको बताउदै उनले अध्यक्षद्वयले अहिले व्यक्ति र विषयकेन्द्रीत छलफल सुरु बताए । अध्यक्षज्यूहरु अचेल दैनिकजसो यही विषयमा बाक्लो छलफल गरिरहनुभएको छ, एक दुई दिन भित्रै मन्त्रिपरिषद पुनर्गठन हुने संभावना छ, उनले भने ।

कुन कुन मन्त्री बाहिरिने र को को भित्रने भन्ने गृहकार्य गर्न तपाईपनि प्रधानमन्त्री निवासमै व्यस्त हुनुहुन्छ भन्ने सूचना आएको छ, कस्तो छ त तयारी ? भन्ने प्रश्नमा उनले भने, एक दुई दिन भित्रै पुनर्गठन गर्ने स्पिरिटका साथ अध्यक्षद्वय लाग्नुभएको छ । सवै कुराको सहमति भईसकेपछि सार्वजनिक हुन्छ ।

संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका नेम्वाङले एक दुई दिन भन्नाले यो विषयलाई छिटो टुंगोमा पुर्याउने गरि अध्यक्षद्वय अहिले यही विषयमा केन्द्रीत भएर छलफलमा जुटिरहेको बताएका छन् ।

केही दिन अघि नेकपा मुख्यालय पेरिसडाँडा कोटेश्वरमा सम्पन्न नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठनका लागि केही मोडालिटिबारे सुझाव दिदै अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्षद्वयलाई दिएको थियो । सोही अनुसार केही दिन यता अध्यक्ष ओली र प्रचण्डले लगातार मन्त्रिपरिषद पुनर्गठनबारे छलफल केन्द्रीत गरिरहेका छन् ।

मन्त्रिपरिषद पुनर्गठन गर्दा सवैलाई निकालेर कहीलाई पछि दोहोर्याउने केही थप गर्ने कि केही निकाल्ने र खाली स्थानमा थप गर्ने भन्ने दुई मोडलमा अध्यक्षद्वयले छलफल गरेका थिए ।

दोश्रो विकल्प, खाली मन्त्रालय पुर्ति गर्ने, केहीलाई हटाउने तथा केही नयाँ थप्ने मोडलमा पुनर्गठन गर्न अध्यक्षद्वय सहमत भएको छ । आईतबारबाट हट्ने, रहने तथा नयाँ थपिने मन्त्रीका विषयमा व्यक्ति केन्द्रीत छलफल शुरु भएको छ ।

दुई अध्यक्षबीच यस विषयमा सहमति हुने वित्तिकै एक दुई दितमा मन्त्रिपरिषद पुनर्गठन हुने छ ।

 

११ असोज २०७७, आइतवार २०:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु