पूर्व एमालेबाट नयाँ मन्त्री बन्नेहरुको नामावली तयार

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको मन्त्रिमण्डल पुनर्गठनको तयारी भएको छ।
ओली निकट एक नेताका अनुसार पूर्वमाओवादी केन्द्र समूहबाट र ओलीले साविक एमाले घटकबाट नयाँ मन्त्रीको अनुहार पनि खोजी सकेका छन् । मापदण्डमा भने दुई अध्यक्षले गृहकार्य गरिरहेको उनको भनाइ छ । पूर्वएमालेबाट गणेशसिंह ठगुन्ना, प्रेम आले, यज्ञराज सुनुवार, लिला श्रेष्ठ, विशाल भट्टराई, विरोध खतिवडा आदिको नाम चर्चामा छ ।
ओलीनिकट एक नेताका अनुसार डा।युवराज खतिवडा डिफ्याक्टो, छायाअर्थमन्त्री बनिसकेपछि अर्थमन्त्रालयमा नयाँ नेतृत्व आउन सम्भावना न्यून छ । बरु अर्थराज्यमन्त्री बनाउने प्रधानमन्त्रीको चाहना छ ।
११ असोज २०७७, आइतवार २२:०७ बजे प्रकाशित