पुर्व एमालेबाट ७ र माओबादी बाट ५ जना गरि तयार भयो मन्त्रिहरुको लिस्ट
अर्थमन्त्रालयमा नयाँ नेतृत्वको सम्भावना न्यून

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अन्तिम चरणमा पुर्याएको उनी निकटस्थहरूले बताएका छन् ।
अब पुनर्गठन हुँदा ऊर्जा, जलस्रोत तथा सिञ्चाइ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्र्याइने सम्भावना बढेको स्रोतले जानकारी दियो ।
एक नेताका अनुसार पूर्वमाओवादी केन्द्र समूहबाट र ओलीले साविक एमाले घटकबाट नयाँ मन्त्रीको अनुहार पनि खोजी सकेका छन् ।
मापदण्डमा भने दुई अध्यक्षले गृहकार्य गरिरहेको उनको भनाइ छ । पूर्वएमालेबाट गणेशसिंह ठगुन्ना, प्रेम आले, यज्ञराज सुनुवार, लिला श्रेष्ठ, विशाल भट्टराई, विरोध खतिवडा आदिको नाम चर्चामा छ ।
पूर्वमाओवादी केन्द्रबाट, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, जनार्दन शर्मा, हरिबोल गजुरेल, पम्फा भुसाल लगायतको नाम चर्चा छ ।
ओलीनिकट ती नेताका अनुसार डा. युवराज खतिवडा डिफ्याक्टो, छायाअर्थमन्त्री बनिसकेपछि अर्थमन्त्रालयमा नयाँ नेतृत्व आउन सम्भावना न्यून छ । बरु अर्थराज्यमन्त्री बनाउने प्रधानमन्त्रीको चाहना छ ।
डा. खतिवडालाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेपछि अर्थमन्त्रीसरह उनको भूमिका हुन्छ । उहाँको हस्ताक्षर चल्दैन । नीति, योजना, कार्यक्रम उहाँकै लागु हुने हो,” उनी भन्छन्, डा. युवराज खतिवडा सल्लाहकारको भूमिकामा आइसकेपछि अर्थमन्त्री बन्ने चाहना पनि घटेको छ ।
११ असोज २०७७, आइतवार ०७:३१ बजे प्रकाशित