योगेश भट्टराईको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन (भिडियोसहित)

पर्यटनमन्त्री योगेश भट्टराईको राजीनामा माग गर्दै आइतबार काठमाडौंमा प्रदर्शन भएको छ । पर्यटन मजदुरहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
पर्यटन मजदुर मजदुर संघर्ष समिति, काठमाडौंको आयोजनामा कोरोना महामारीको बहानामा सरकारले रोजगारी खोसेको भन्दै मजदुरहरुले नेपाल पर्यटन बोर्ड पुगेर प्रदर्शन गरेका हुन् ।
रोजगारी खोसेर अन्य व्यवस्था नगरेको भन्दै उनीहरुले मन्त्री भट्टराईको राजीनामा माग गरेका हुन् ।
प्रदर्शनकारीले पर्यटन क्षेत्र सञ्चालनमा ल्याउन नसकेको र पर्यटन मजदुरको मर्का नबुझेको भन्दै पर्यटनमन्त्री योगेश भट्टराईको राजीनामा माग गरे ।
प्रदर्शनमा उनीहरुले ‘भोकले मर्नुभन्दा रोगले मर्दा सजिलै आत्माले शान्ति पाउँछ’, ‘जसले पर्यटन मजदुरको भरोसा तोड्छ, उसले टुरिजम छोड्छ’, ‘बल्याक डे अफ टुरिजम वर्करस’, ‘डन्ट किल नेपाल टुरिजम’ लगायत नारा लेखिएका पप्पलेटसमेत प्रदर्शन गरेका थिए ।
११ असोज २०७७, आइतवार १८:४२ बजे प्रकाशित