सबस्टेसनको प्यानलबोर्डमा मुसा देखियो : प्राधिकरण

आइतबार दिउँसो ३ बजेदेखि काठमाडौं उपत्यकाका दर्जन बढी स्थानमा बत्ती काटिएको छ।
सबस्टेसन को प्यानलबोर्डमा मुसा पसेका कारण वितरण लाइनमा समस्या देखिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणको लैनचौर सबस्टेशनको प्यानलबोर्डमा मुसा पसेकोले उक्त सबस्टेशनबाट विद्युत आपुर्ती हुने बागवजार ,राजदरबार ,लैनचौर , लाजिम्पाट, महाराजगज ,पानीपोखरी, गैह्रीधारा, ठमेल, सामाखुशी, टगाल, बवरमहल लगायतका क्षेत्रमा दिउँसो ३ बजेबाट लाइन अवरुद्ध भएको प्राधिकरणको भनाइ छ।
अहिले मर्मत टोलीले काम गरीरहेको र विद्युत पुनः संचालन हुन केहि समय लाग्ने प्राधिकरणको भनाइ छ।
त्यस्तै उपत्यका बाहिरका विभिन्न स्थानमा पनि अहिले लाईन सर्टडाृृउन छ। प्राधिकरणका अनुसार पोखरा वितरण केन्द्रअन्तर्गत पर्ने तातोपानी फिडर मर्मत सम्भार गर्नु पर्ने भएकोले बिहान १० बजेदेखि उक्त वितरण केन्द्रअन्तर्गतका सबै स्थानमा लाईन काटिएको छ।
उक्त फिडर अन्तर्गत काहु–फुलबारी–भलाम–बिसौना–मौजा–मोहरिया–पोखरी गाउ–थाक–तप्रांग प्रशारण लाईनमा बत्ती छैन। त्यस्तै चिप्लि–सुन्दरफिट–लामाचौर–बाटुलेचौर–अर्मला–जोगिमोरी–जुम्लेटि–हरिपाउ–घार्मी–पुरन्चौर–लाहाचोक–घाचोक–तल्लाकोट लगायतका स्थानमा पनि बिहानैदेखि विद्युत कटौती गरिएको छ।
११ असोज २०७७, आइतवार १७:५१ बजे प्रकाशित