प्रचण्डले एकैपटक ओकले तीन कुरा- प्रचण्डपथ छोडेँ, पप्पुको घरमा बस्दिन र …

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकैपटक तीन कुरा ओकलेका छन् ।
पहिलो– प्रचण्डपथ छोडेँ ।
जनताको बहुदलीय जनवाद जबज वा प्रचण्ड पथ दुवैका पक्षमा कुरा गर्नु पार्टी एकताको स्पिरिटविरुद्ध हुने उनको भनाई छ ।
आफू जबजको विरोधी नभएको बताउँदै प्रचण्ड दुवै सिद्धान्तमा आधारित भई समाजवादमा आधारित सिद्धान्त अवलम्वन हुने पनि बताए।
उनले भने, ‘मैले २१ औँ शताब्दीको जनवाद वा प्रचण्ड पथ मानौँ भनेँ भने एकताको स्पिरिट अनुसार हुन्न। यस्तै मलाई जबज मानौँ भनेमा पनि पार्टी एकताको स्पिरिट अनुसार हुँदैन। यसमा जानु भनेको पछाडि फर्कनु हो।’
दुवै सिद्धान्तलाई विकसित गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ। आफूले जबज मानिसकेको वा विरोधी हो भन्ने दुवै भनाइ गलत भएको उनको भनाइ छ।
दोस्रो– अब पप्पुको घरमा बस्दिन ।
प्रचण्डले आफूले नयाँ घर खोज्न थालेको बताएका छन्। ललितपुरको खुमलटारमा शारदा अधिकारीको घरमा भाडामा बस्दै आएका प्रचण्डको नाम घरबेटीसँग जोडिँदै आएको छ।
ठेकेदार घरबेटीका हरेक काममा प्रचण्ड जोडिने गरेका छन्। तर ती काममा आफ्नो कुनै साइनो नभएको प्रचण्डको दाबी छ।
प्रचण्डले घरबेटीले गर्ने कामबारे आफूलाई थाहा नहुने भन्दै भने, ‘मैले अर्को घर खोज्न थालेको छु।
घरबेटीले के लिन्छन् के गर्छन मलाई थाहा छैन। यी बाटाका ठेक्का म त्यहाँ जानुभन्दा पहिले नै भएका हुन्। मसँग गोरु बेचेको साइनो नै छैन। मल प्रकरणमा कृषिमन्त्रीलाई मैले नै गल्ती गर्नेलाई कारबाही गर्नु भनेको छु।’
तेसो– परिवारवादको आरोप मिथ्या ।
‘प्रचण्डले परिवारवाद्को विषयलाई जोडेर आफूमाथि भइरहेको आलोचना तल्लो स्तरको टिप्पणी भएको बताएका छन्।
उनले आफूमाथि धोकेबाज बनेर लगाइएको आरोप पनि आफूमाथिको अन्याय भएको बताए।
अध्यक्ष प्रचण्डले आफू धोकेबाज भए केपी ओली, माधव नेपाल र नारायणकाजी श्रेष्ठ लगायतले किन पार्टी एकीकरण गरेका हुन् भनेर प्रश्न पनि गरे।
सिंगो परिवार जनयुद्धमा होमिएका अवस्थामा सामान्य जिम्मेवारी दिँदा पारिवारवाद् भनिनु तल्लो स्तरको टिप्पणी भएको प्रचण्डको भनाइ छ।
प्रचण्ड भन्छन्- मेरो परिवारका सबै राजनीति गरेर आएका छन, परिवारवाद होइन
उनले भने, ‘प्रचण्ड धोकेबाज हो भन्ने टिप्पणी तल्लो स्तरमा आएर गरिएको हो। म धोकेबाज हैन। त्यस्तो बानी पनि छैन। म अली पग्लने नेता हो धोकेबाज हैन। परिवारवाद्मा ममाथि अन्याय भएको छ। मेरो परिवार युद्धमा सबै थिए। प्रकाशले फोटो मात्रै खिचेको हैन। बन्दुक बोकेरै युद्धमा हिँडेको हो। अनि सानो जिम्मेवारी दियो कि परिवारवाद्रु रेणु भारतभर महिला संगठन बनाएर आएको हो। रोल्पा रुकुममा नेतृत्व गरेर आएको हो। अनि चुनाव लड्न जाँदा कसरी परिवारवाद्रु वीना मेरो परिवारसँग नजोडिँदै नेता बनिसकेको होरु कसरी परिवारवाद्रु यो सारै तल्लो टिप्पणी हो।’
प्रचण्डले मोहन वैद्य र बाबुराम भट्टराई आफ्नो कारणले अन्य बाटोमा लागेका हुन् वा उनीहरुकै कारणले हो इतिहासले मूल्याङ्कन गर्ने बताए।
दाहालले आफू सबैलाई मिलाएर जाने ‘नेचर’कै व्यक्ति भएको पनि बताए।
उनले भने, ‘मेरा नेचर सबैलाई मिलाएर लाने हो। म गाउँमा सानोमा, बच्चामा पनि झगडा परे मिलाउने भूमिकामा नै हुन्थेँ।’
२१ भदौ २०७७, आइतवार २३:०२ बजे प्रकाशित