अब पप्पुको घरमा बस्दिन, अर्को घर खोज्न थालेको छुः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले नयाँ घर खोज्न थालेको बताएका छन्।

ललितपुरको खुमलटारमा शारदा अधिकारीको घरमा भाडामा बस्दै आएका प्रचण्डको नाम घरबेटीसँग जोडिँदै आएको छ।

ठेकेदार घरबेटीका हरेक काममा प्रचण्ड जोडिने गरेका छन्। तर ती काममा आफ्नो कुनै साइनो नभएको प्रचण्डको दाबी छ।

प्रचण्डले घरबेटीले गर्ने कामबारे आफूलाई थाहा नहुने भन्दै भने, ‘मैले अर्को घर खोज्न थालेको छु।

घरबेटीले के लिन्छन् के गर्छन मलाई थाहा छैन। यी बाटाका ठेक्का म त्यहाँ जानुभन्दा पहिले नै भएका हुन्। मसँग गोरु बेचेको साइनो नै छैन। मल प्रकरणमा कृषिमन्त्रीलाई मैले नै गल्ती गर्नेलाई कारबाही गर्नु भनेको छु।’

२१ भदौ २०७७, आइतवार २२:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु