प्रचण्ड भन्छन्- मेरो परिवारका सबै राजनीति गरेर आएका छन, परिवारवाद होइन

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवारवाद्को विषयलाई जोडेर आफूमाथि भइरहेको आलोचना तल्लो स्तरको टिप्पणी भएको बताएका छन्।

उनले आफूमाथि धोकेबाज बनेर लगाइएको आरोप पनि आफूमाथिको अन्याय भएको बताए।

अध्यक्ष प्रचण्डले आफू धोकेबाज भए केपी ओली, माधव नेपाल र नारायणकाजी श्रेष्ठ लगायतले किन पार्टी एकीकरण गरेका हुन् भनेर प्रश्न पनि गरे।

सिंगो परिवार जनयुद्धमा होमिएका अवस्थामा सामान्य जिम्मेवारी दिँदा पारिवारवाद् भनिनु तल्लो स्तरको टिप्पणी भएको प्रचण्डको भनाइ छ।

उनले भने, ‘प्रचण्ड धोकेबाज हो भन्ने टिप्पणी तल्लो स्तरमा आएर गरिएको हो। म धोकेबाज हैन। त्यस्तो बानी पनि छैन। म अली पग्लने नेता हो धोकेबाज हैन। परिवारवाद्मा ममाथि अन्याय भएको छ। मेरो परिवार युद्धमा सबै थिए। प्रकाशले फोटो मात्रै खिचेको हैन। बन्दुक बोकेरै युद्धमा हिँडेको हो। अनि सानो जिम्मेवारी दियो कि परिवारवाद्रु रेणु भारतभर महिला संगठन बनाएर आएको हो। रोल्पा रुकुममा नेतृत्व गरेर आएको हो। अनि चुनाव लड्न जाँदा कसरी परिवारवाद्रु वीना मेरो परिवारसँग नजोडिँदै नेता बनिसकेको होरु कसरी परिवारवाद्रु यो सारै तल्लो टिप्पणी हो।’

प्रचण्डले मोहन वैद्य र बाबुराम भट्टराई आफ्नो कारणले अन्य बाटोमा लागेका हुन् वा उनीहरुकै कारणले हो इतिहासले मूल्याङ्कन गर्ने बताए।

दाहालले आफू सबैलाई मिलाएर जाने ‘नेचर’कै व्यक्ति भएको पनि बताए।

उनले भने, ‘मेरा नेचर सबैलाई मिलाएर लाने हो। म गाउँमा सानोमा, बच्चामा पनि झगडा परे मिलाउने भूमिकामा नै हुन्थेँ।’

२१ भदौ २०७७, आइतवार २२:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु