सभापतिमा ५ जना उठ्ने संभावना बढ्यो
सभापति उठ्ने गगन थापाको कुरा मिडिया खपतका लागि मात्रै !
नेपाली कांग्रेस महाधिवेशनको तयारीमा छ । खासगरी शीर्ष नेताहरु सभापतिसहितका पदाधिकारीक लागि लडिरहेका छन् । एउटै पदमा आधा दर्जन बढी नेताहरु आकांक्षी देखिएका छन् ।
यही बीचमा एउटा तरंग आएको छ– बिमलेन्द्र निधिको उम्मेदवारी घोषणा ।
निधिको प्रस्तावले झस्किए देउवा, भने- म सभापति उठ्छु, तपाईं ब्याक सर्पोटमा रहनुपर्यो
कांग्रेसमा मुख्य दुई स्थायी गुट छन् । अहिले संस्थापनको नेतृत्व शेरबहादुर देउवाले गरिरहेका छन् । आगामी महाधिवेशनमा पनि उनी नै उठ्ने चाहनासहित तयारीमा छन् ।
यही बेला बिमलेन्द्र निधिको उम्मेदवारी घोषणाले संस्थापनमा दुई उम्मेदवार हुने देखिएको छ ।
संस्थापनमा दुई उम्मेदवार भएको अवस्थामा रामचन्द्र पौडेल गुटमा पनि एउटा मात्रै उम्मेदवार हुनुपर्छ भन्ने मानसिकता नरहन सक्छ ।
शेरबहादुर देउवा उठे रामचन्द्र पौडेललाइ नै सभापतिमा लडाउने पौडेल गुटको तयारी भइरहेका बेला बिमलेन्द्र निधि अगाडि आउन खोजेपछि त्यसले पौडेल गुटमा पनि तरंग ल्याएको छ र समुहबाट एउटै सभापतिको उम्मेदवार हुनुपर्छ भन्ने तोडिने नेताहरुले बताउन थालेका छन् ।
पौडेल गुटमा सभापतिका आकांक्षी पौडेलसहित अरु नेताहरु पनि छन् ।
नेता शशांक् कोइरालाले सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । प्रकाशमान सिंहले पनि सभापतिमा लड्ने भनेका छन् । गगन थापाले समेत सभापतिमा लड्ने चाहना देखाएक छन् । तर, गगन थापाको सभापतिमा उठ्ने कुरा मिडिया खपतका लागि मात्रै भएको नेताहरु बताउँछन् ।
गगनलाई छोड्दा यसरी कांग्रेसमा ५ जना नेताहरु सभापतिमा उठ्ने संभावना रहेको नेताहरु बताउँछन् ।
तर, अन्तिमा दुई गुटबाट दुइ नेता मात्रै पनि उठ्न सक्छन् । तर, यसपटक शेरबहादुर देउवा र मिलेन्द्र निधि छुट्टाछुट्टै उम्मेदवार हुने संभावना रहेका कारण कांग्रेसमा ५ जना सभापतिका उम्मेदवार हुन सक्ने नेताहरुले बताउन थालेका छन् ।
कांग्रेसको शक्ति संघर्ष- सभापति र महामन्त्रीको छुट्टाछुट्टै भेला
८ भदौ २०७७, सोमवार २२:४९ बजे प्रकाशित





