काँग्रेसभित्र कोइराला, सिंह र निधिको गुट बनाउने कसरत

देउवा र पौडेलमाथि दबाब सृजना

नेपाली काँग्रेसभित्र डा. सशांक कोइराला, प्रकाशमान सिंह र बिमलेन्द्र निधिबीचको सम्भावित एकतालाई लिएर बहस हुन थालेको छ ।

तीनजना नेताको औपचारिक अनौपचारिक भेटघाट हुन थालेको छ । एक अर्कामा राजनीतिक लेनदेन गरी एकै ठाउँमा आउनेबारे उनीहरुबीच छलफल समेत चलेको छ ।

यो सम्भव भएमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल सर्वोच्च नेता बन्नेतर्फ लाग्नुपर्ने अवस्था आउनसक्छ ।
या त भविष्यमा राष्ट्रपतिको दाबेदार बनेर दोस्रो पुस्ताका नेताहरुलाई सहयोग गर्ने अवस्थामा पुग्न सक्छन् ।

निधिको प्रस्तावले झस्किए देउवा, भने- म सभापति उठ्छु, तपाईं ब्याक सर्पोटमा रहनुपर्यो

कोइराला, सिंह र निधिबीच राजनीतिक लेनदेनबाट सहमति बन्ने सम्भावना सजिलो भने छैन । तीनैजना उस्तै उमेरका हुन् । आफ्नै दाबी प्रस्तुत गरेर महाधिवेशनको तयारीमा छन् ।

यी तीनबीच पार्टी र सरकार सञ्चालनमा फरक फरक व्यक्तिले गर्ने सहमति बन्ने सम्भावना भने छँदैछ । तर, कस्ले त्याग्ने भन्ने विषय आउन सक्छ ।

प्रकाशमान सिंह आफ्ना पिता गणेशमान सिंहले प्रधानमन्त्री पद नै त्यागेको बताउँदै सधै आफूहरुले मात्र त्याग्नुपर्ने ? भन्न थालेका छन् । शशांक कोइराला बाबु वीपीको लाइनमा काँग्रेसलाई चलायमान बनाउने एजेन्डाका साथ सक्रिय छन् । निधि मधेशी समुदायबाट पहिलोपटक देशको प्रधानमन्त्री बन्न चाहन्छन् ।

आगामी महाधिवेशन कांग्रेस सभापतिमा उठ्छु : गगन थापा

यसरी तीनैजनाको आफ्नै चाहना र महत्वाकांक्षा छ । तर, तीनैजनाले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन अनिवार्य छ भन्नेमा सहमति जनाएका छन् ।

यही सहमतिमा उनीहरुबीच मिलनबिन्दु तयार गर्ने सम्भावना बलियो छ । तर, त्यो सजिलो भने छैन ।

तीन नेता मिले के हुन्छ ?

काँग्रेसका संस्थापक नेताहरु वीपी कोइरालाका पुत्र सशांक कोइराला, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधि मुख्य प्रतिष्पर्धीका रुपमा देखिन थालेका छन् ।

कोइराला परिवारका डा.शशांक कोइराला पनि सभापतिका दाबेदार हुन् ।

 

यसरी तीनवटा परिवारका सदस्य सभापतिको दाबी गर्दै बढिरहँदा उनीहरुको मिलनको विषय पनि जोडदार रुपमा उठिरहेको छ ।

तीन परिवार मिलेमा देउवा र पौडेलमाथि दबाब सृजना हुने कतिपय काँग्रेस नेता कार्यकर्ताको बुझाई छ ।

मौका पाए ५ वर्षमा मुलुक कायापलट गरिदिन्छु : रामचन्द्र पौडेल

वास्तवमा देउवाको आधा शक्ति विमलेन्द्र निधि हुन् ।

पौडेलको लगभग ९० प्रतिशत शक्ति डा. सशांक कोइराला, डा. शेखर कोइराला र प्रकाशमान सिंह नै हुन् । उनीहरुले साथ छाडेर तीन परिवारको एकता बनाएर बढेमा देउवा र पौडेलले सभापतिको चुनाव लड्न ठुलै हिम्मत निकाल्नुपर्ने हुनसक्छ ।

उनीहरुको बेमेलले मात्र देउवा र पौडेलको प्रतिष्पर्धाको माहोल बन्न सक्छ ।

कांग्रेस भित्रको रडाँको मथ्थर, पौडेल समूहलाई मनाउन देउवा सफल !

कांग्रेसमा ५ लाख सदस्य थपिने

शेरबहादुर नसच्चिए पार्टी फुट्ने रामचन्द्रको चेतावनी

५ भदौ २०७७, शुक्रवार २०:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु