कोरोना ग्राफ अपडेट : १२७ जना आईसीयूमा, १७ जना भेन्टिलेटरमा

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

अब नेपालमा सङ्क्रमितको सङ्ख्या ४० हजार पाँच सय २९ पुगेको छ ।

पछिल्लो पटक सात सय ६८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । यो सङ्ख्यासँगै अहिलेसम्म २२ हजार एक सय ७८ जना सङ्क्रमण निको भएर घर फर्किएका छन् ।

यी हुन कोरोना ‘हटस्पट’ १२ जिल्ला, जहाँ ५०० बढी संक्रमित उपचाररत छन

पछिल्लो २४ घण्टामा ११ जनाको सङ्क्रमणबाट ज्यान गएको पुष्टि भएसँगै कुल मृतकको सङ्ख्या दुई सय ३९ पुगेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ५५ प्रतिशत निको भएका छन् । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिलेसम्म १२ जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित रहेको जानकारी दिनुभयो ।

मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाण्डौ, ललितपुर र रुपन्देही रहेका छन् ।

पाँच जिल्ला सङ्क्रमणमुक्त

डा. गौतमका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु सङ्क्रमणमुक्त भएका छन् ।

उहाँले सङ्क्रमण देखिएकामध्ये एक सय २७ जना सघन उपचार कक्ष ९आईसीयू० र १७ जना भेन्टिलेटरमा उपचाररत रहेको जानकारी दिनुभयो ।

४ वर्षीया बालिकासहित ११ जना कोरोना संक्रमितको मृत्यु

सघन उपचार कक्षमा प्रदेश नम्बर १ मा चार, प्रदेश नम्बर २ मा २९, वाग्मती प्रदेशमा ७५, गण्डकी प्रदेशमा ६ र प्रदेश नम्बर ५ मा १३ जना उपचाररत रहेका छन् भने भेन्टिलेटरमा वाग्मती प्रदेशमा १४ र प्रदेश नम्बर ५ मा तीन जना छन् ।

काठमाडौंमा थपिए ३११ कोरोना संक्रमित

संस्थागत आइसोलेशनमा १० हजार आठ सय ३२ जना र होम आइसोलेशनमा सात हजार दुई सय ८० जना छन् ।

यस्तै सक्रिय सङ्क्रमित १८ हजार एक सय १२ जना र क्वरेण्टीनमा सात हजार तीन सय ९० जना छन् ।

 

केही खुकुलो बनाएर थप एक साता निषेधाज्ञा गर्न सहमत

 

१६ भदौ २०७७, मंगलवार २०:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु