संखुवासभामा थप ६ प्रहरीसहित ९ जनामा कोरोना पुष्टि

संखुवासभामा कोरोना संक्रमणको दर वृद्धि हुँदै गएको छ । पछिल्लो समय दैनिकजसो संक्रमणको दर थपिँदै जाँदा स्थानीय बासिन्दामा त्रास छाएको छ ।

भदौ १२ गते खाँदबारी क्वारेन्टिनमा संकलन गरिएका ५३ जनामध्ये ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।

पुष्टि हुनेमा २२, २३, २५, २४, ४१ वर्षीय गरी पुरुष र २२ वर्षीया १ महिला ९प्रहरीको परिवार० र खाँदबारी क्वारेन्टिनमा २० र २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय संखुवासभाले प्रेश विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ ।

कोरोना पुष्टिभएकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । यो संगै जिल्लामा कोरोना संक्रमण पुष्टीहुनेको संख्या २६ पुगको छ । संक्रमण समुदायस्तरमा समेत पुग्न सक्ने भएकाले तत्काल कोरोना पुष्टी भएकाहरूसंग सम्पर्कमा रहेकाहरूको खोजि कार्य र स्वाब संकलनमा तिब्रता दिईएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।

संक्रमित सबैलाई खाँदबारी ७ स्थीत हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आईसोलेशनमा राखेर उपचार गर्ने तैयारी भैरहेको खाँदबारी अस्पतालका प्रसासन प्रमुख दिपेश श्रेष्ठले जानकारी दिए ।

 

१६ भदौ २०७७, मंगलवार २०:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु