वीर अस्पतालका चिकित्सकसहित ७१ जनामा कोरोना पुष्टि, ओपिडी सेवा बन्द
चिकित्सकसहित ७१ जनामा कोरोना संक्रमण देखिएपछि वीर अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ ।
अस्पताल स्रोतका अनुसार दुई दिनका लागि अस्पतालको ओपिडी बन्द गरिएको हो ।
एकैपटक धेरै कर्मचारी र स्वास्थ्यकर्मी संक्रमित भएपछि बुधबारदेखि लागू हुने गरी दुई दिनका लागि बहिरंग विभागको सेवा बन्द गरिने बताइएको छ ।
संक्रमित कर्मचारीलाई आइसोलेसनमा राख्ने, थप कर्मचारीको व्यवस्थापन गर्ने र अस्पताललाई सफा गरेपछि शुक्रबारदेखि फेरि सेवा सुरु हुने अस्पतालले जानकारी दिएको छ ।
बहिरंग सेवा बन्द भए पनि अस्पतालको इर्मजेन्सी, फिभर क्लिनिक, केही प्रयोगशाला र शल्यक्रिया कक्ष भने खुला हुनेछ ।
१६ भदौ २०७७, मंगलवार २१:१२ बजे प्रकाशित





