४ वर्षीया बालिकासहित ११ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा चार वर्षीया बालिकासहित देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको  छ।

यसमा महोत्तरीकी ४ वर्षीया बालिका समेत रहेकी छन्। यस्तै, महोत्तरीकै ३७ वर्षीय एक पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ७० र ३५ वर्षका दुई पुरुषको मृत्यु भएको छ।

यसैगरी, पर्साका ५३, ६० र ८० वर्षीय पुरुष, सिरहाका ६५ वर्षीय पुरुष, चितवनका ५२ वर्षी पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

मकवानपुरका ५८ वर्षीय पुरुषको पनि मृत्यु भएको गौमतले बताए। यसोसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ।

नेपालमा कोरोना संक्रमित ४० हजार नाघे

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४० हजार नाघेको छ । मंगलबार मात्रै १ हजार ६९ जना थपिएसँगै नेपालमा कोरोना कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।

१२ हजार ८८ जनाको कोरोना पीसीआर परीक्षण गर्दा १ हजार ६९ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४ सय ८१ जना संक्रमित भएका छन् । काठमाडौंमा ३ सय ९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ७ सय ८८ डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार १ सय ७८ रहेको छ ।

२४ घन्टायता ७६७ कोरोना संक्रमित संक्रमणमुक्त

पछिल्लो २४ घन्टामा थप ७ सय ६७ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसँगै नेपालमा २२ हजार १ सय ७८ जना संक्रमित उपचारपछि निको भएका छन्। मुस्ताङ, र हुम्ला गरी २ जिल्लामा संक्रमित शून्य भएका छन्।

आज १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ५ हजार ५ सय ६० जना व्यक्तिको पिसिआर भएको मन्त्रालयले जनाकारी दियो।

मन्त्रालयका अनुसार ७ हजार ३ सय ९० जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ।

१६ भदौ २०७७, मंगलवार १६:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु